+
+
Shares

‘तान्द्रो’मा दयाहाङको उत्कृष्ट अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २३ गते ११:१३


केही दिन अगाडि आयोजना गरिएको एक कार्यक्रममा कलाकार निर शाहले भनेका थिए कि-‘दयाहाङ जस्ता कलाकार ५० बर्षमा एकपटक जन्मन्छन् । जसले, अभिनयको रुप नै बदलिदिन्छिन् ।’

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘तान्द्रो’को प्रिमियरमा नायक दयाहाङ राइको अभिनय हेरेपछि धेरैले निर शाहको उक्त भनाई संझिए । चलचित्रको पुरा अंशमा अधिकांश समय दयाहाङ फ्रेममा एक्लै छन् । अझ, यसो भनौ चलचित्रको दोश्रो भागमा त दयाहाङ एउटै खेतमा लडेर चलचित्र सकिएको छ । तर, पनि दयाले चलचित्रलाई होल्ड गरेका छन्, आफ्नो अभिनयले ।

तत्कालिन नेकपा माओवादीले गरेको सशस्त्र द्धन्द्धको समयमा सांकृतिक विभागको कमाण्डरलाई गोली लागेर लडेपछि उसले भोगेको बास्तविक कथालाई निर्देशक साप्तेन भुटियाले पर्दामा उतारेका छन् ।

चलचित्र हेर्नका लागि विभिन्न पार्टीका नेताहरु हल पुगेका थिए । दयाहाङको कामको प्रशंसा गर्दै उनीहरुले सशस्त्र युद्धको समयमा एक कमाण्डरले भोगेको वास्तविक कथालाई पर्दामा उतारिएको बताए ।

चलचित्रमा दयाहाङ राई, वुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?