Comments Add Comment

विवेकशील साझा पार्टी पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै पक्षमा

२३ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टी पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको छ ।

आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका बनाएको घोषणापत्रमा स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने बताएको छ । भनेको छ, ‘वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर छ ।’

उसले भोलि घोषणापत्र सार्वजनिक गर्दैछ ।

विवेकशील साझा पार्टीले ‘राष्ट्रवाद’लाई विभिन्न विशेषण झुण्ड्याएर मुलुकलाई अप्रिय ध्रुविकरणमा धकेल्ने राजनीतिक बहस राष्ट्रको हितमा नभएको बताएको छ ।

सबैको आत्मसम्मान र सहअस्तित्वलाई सुनिश्चित गर्दै ‘नेपाल मेरो र नेपालका लागि म’ भन्ने देशभक्तिको भावना सबै नागरिकमा जागृत गराएर राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ ।

संविधान घोषणापछि मधेसी, थारु, जनजातिले उठाएको मुद्दा विचारणीय रहेको भन्दै विवेकशील साझा पार्टीलेले कतिपय मुद्दा संविधान कार्यान्वयनका क्रममा सम्बोधन हुने र राजनीतिक मुद्दाहरुलाई आवश्यकता अनुसार संविधान संशोधनमार्फत संशोधन गर्दै जानु पर्ने बताएको छ ।

सम्बृद्धि हाम्रै पालामा भन्ने नारा अघि सारेको उसले २० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment