२३ कात्तिक, धनुषा । सनराइज बैंक बर्दिवास शाखाले धनुषा जिल्लाको मिथिला नगरपालिकास्थित लालगढमा रहेको वृद्धाश्रममा खाद्यान्न, फलफुल तथा लत्ताकपडा वितरण गरेको छ ।
बैंकको १० औं वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो ।
करिब २० हजार रुपैयाँ मूल्य बराबरको सामग्री बैंकका शाखा प्रवन्धक दिपेश ढकालले वृद्धाश्रमका संयोजक सुमन तामाङलाई हस्तान्तरण गरेका थिए ।
सो वृद्धाश्रममा एक दर्जनभन्दा बढि वृद्धवृद्धा, बिरामी तथा अशक्तहरुले आश्रय लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4