Comments Add Comment

दाह्री सेभिङ गर्दा गरिने यी गल्ती खतरनाक हुनसक्छ

दाह्री सेभिङ कसरी गर्ने ? अक्सर पुरुषलाई थाहा हुन्छ । यद्यपी हेक्का राख्नुपर्ने कुरा के भने, जथाभावी सेभिङ गर्दा त्यसले गंभिर समस्या निम्त्याउन सक्छ ।

उचित ढंगले दाह्री सेभिङ नगर्दा अनुहारको छाला कडा हुने, चाडै चाउरी पर्ने, अनुहारमा संक्रमण हुने तथा डन्डिफोर आउने तथा छाला रुखो हुने लगायतको समस्या निम्तिने गर्छ ।

सेभिङ गर्ने क्रममा हामी त्यस्ता गल्ती गर्छौ, जसले पछि जटिलता ल्याउँछ । सेभिङ गर्नुअघि र पछि निम्न कुरामा ध्यान दिन सकिए, संभावित समस्याबाट बच्न सकिन्छ ।

फेश वासको प्रयोग

सेभिङ अगाडी फेस वाशको प्रयोग नगर्नाले अनुहारको छाला तथा दाह्री कडा हुन्छ । जसका कारण सेभिङको दौरान छाला काटिने तथा संक्रमण हुने जोखिम बढ्ने गर्छ ।

उल्टो सेभिङ

कतिले क्लिन सेभको लागि रेजरलाई उल्टो दिशामा चलाउँछन् । यसले छालाको क्षिद्रमा नोक्सान पुग्छ र छाला कडा तथा रातो हुनथाल्छ ।

गलत रेजरकेा प्रयोग

संवेदनशी, बाक्लो छाला तथा अधिक पिम्पल्स भएको छालालाई मध्यनजर गरी बजारमा विभिन्नि किसिमका रेजर विक्रीका लागि राखिएको हुन्छ । छालाको अवस्था अनुसार रेजर खरीद नगर्नाले छालालाई नोक्सान हुनसक्छ ।

आफ्टर सेभको प्रयोग

सेभिङ पश्चात्त अनुहारमा प्रयोग गरिने आˆटर सेभमा अधिक मात्रामा वास्नाको प्रयोग गरिएको हुन्छ, जसले अनुहारको नरमपनालाई कम गर्दछ । यसमा पाइने रसायनले अनुहारमा संक्रमण पैदा गर्न सक्छ ।

मोइस्चराइजरको प्रयोग

सेभिङ पश्चात्त अनुसार सुख्खा हुन थाल्छ । जसका कारण मोइस्चराईजरको प्रयोग नगर्नाले अनुहारमा चाउरीपनाको समस्या बढ्ने गर्छ ।

सन्सक्रिमको प्रयोग

सेभिङ पश्चात्त अनुसार कमलो हुन्छ । यस्तो अवस्थामा सन्सकि्रमको प्रयोग नगर्दा तथा सिधै घाममा हिड्दा अनुहार डढ्ने तथा सुख्खा हुने गर्छ ।

चिसो पानीको प्रयोग

सेभिङ पश्चात्त चिसो पानीको प्रयोग नगर्नाले अनुहारमा भएको मोइस्चराइजर खतम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment