Comments Add Comment

अनिशको राष्ट्रिय भावनाले प्रेरित गीत रिलिज

लामो समयदेखि बेलायतमा रहेर पनि संगीत साधनामा ब्यस्त गायक अनिश पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरेका छन् । यसअघि मनदेखि मन बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका छन् ।

देशमा चुनावी सरगर्मी बढीरहेकबा बेला गायक पाण्डेले के हिमाल, के पहाड, के तराई सबै एउटै नेपाल, मेरो जन्मभूमि म खेल्ने आँगन यही हो भन्दै गर्वका साथ आफ्नो देशको महिमा गान गरेर बनाएको गीत लिएर आएका छन् ।

गीतकार भानु भट्राईको शब्द शृजनामा तयार भएको गीतमा गायक स्वयमको संगीत रहेको छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् । बेलायतमा नै रेर्कड गरिएको गीतले देश वर्तमान परिपक्षलाई मुख्य रुपमा उठाउन खोजेको गायक पाण्डे बताउँछन् ।

गायक पाण्डे अगाडी थप्छन् गीतले युवाहरु मिलेर देश बनाउनुपर्छ र सबै मिलेर यो साझा फुलबारीलाई मायाको न्यानो पन दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment