२४ कात्तिक, काठमाडौं । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं–७, मित्रपार्कमा रहेको एक्सावाइ इन्टरनेस्नल कन्सल्टेन्सीका सञ्चालक सप्तरीको विष्णुपुर घर भएका ३० वर्षीय अशोकुमार यादव र रौतहटको विजयापुर–५ की ३८ वर्षीय ईश्वरी शिवभक्ति यादव छिन् ।
उनीहरुले ४ जना व्यक्तिलाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा पठाउने भन्दै प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँ रकम लिएका थिए ।
प्रहरीका अनुसार रकम लिएर उनीहरु लामो समयसम्म विदेश पठाउनेतर्फ कुनै चासो नदेखाइ बसेका थिए ।
अनुसन्धानका क्रममा उक्त कन्सल्टेन्सीले सञ्चालनको लागि स्वीकृति समेत नलिएको खुलेको जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा विभाग, काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4