Comments Add Comment

दया र सौगातको हिरोइन भन्ने आशामा इष्टु

स्कुल पढ्दा स्कुलमा हुने नृत्य कार्यक्रममा सहभागी हुन्थिन्, मोडल इष्टु कार्की । नृत्यमा सहभागी भएपनि उनको मन भने नाटकमा अडिएको थियो । तर, गाउँमा नाटकमा अभिनय गर्ने सम्भावना थिएन ।

उनको बुबाका साथी थिए साहित्यकार आहुति । उनको परिवारका सदस्यसँग आहुतीको आउ जाउ राम्रै थियो । इष्टुले आहुतीलाई सोधिन्-‘मलाई नाटकमा अभिनय गर्न मन छ कहाँ जाऔं ? आहुतिले सुझाए ‘थिएटर भिलेज राम्रो छ । त्यहि गएर प्रशिक्षण लेउ ।’

पहिलो पटक मण्डला थिएटरमा मञ्चित नाटक ‘शिरु महारानी’ हेरेकी इष्टुलाई लाग्यो म पनि यस्तै अभिनय गर्न सक्नेँ भए कति मख्ख पर्थे होला ।लगत्तै थिएटर भिलेजको यात्रा सुरु गरिन् । अनुप बराल, भोलाराज सापकोटा, विक्रम परियारलगायतसँग तीन महिना प्रशिक्षण लिइन् । ‘मकैको अर्कै खेती र घोडचढी’मा अभिनय गर्ने अवसर मिल्यो । घोडचढीमा निर्वाह गरेको खबरीको भुमिकाले उनलाई चिनाउन भुमिका खेल्यो ।

यो विचमा उनले टेलिश्रृङ्खला ‘जीवनचत्र’मा पनि अभिनय गरेकी छिन् । आगामी दिनमा चलचित्रमै सक्रिय हुने उनको योजना छ । नाटकमा अभिनय गरेर तृप्ती पाइन्छ भन्ने इष्टु नाटकबाटै आय आर्जन गार्‍हो भन्नेमा सचेत छिन् । ‘चलचित्रमै अभिनय गर्ने योजनामा छु केही कथा पढिरहेकी छु ।’ उनले भनिन् ।

काठमाडौको धुवाँ, धुलो र भिड देख्दा निकै दिक्क लाग्छ उनलाई । यहि क्राउडले उनलाई हरेक समय गाउँको सम्झना गराउँछ । अनी ८० वषिर्य हजुरबाको पनि उत्तिकै याद आउछ । ‘दिनमा एकपटक हजुरवासँग कुरा गरिन भने मलाई निन्द्रा नै लाग्दैन ।’ इष्टुले भनिन् ।

दयाहाङ राई र सौगात मल्लको अभिनयवाट प्रभावित इष्टु एक दिन सौगात वा दयाहाङको हिरोइन बन्ने पालो आउँछ भन्नेमा आशावादी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment