Comments Add Comment

सिंहदरबारभित्रै सवारी दुर्घटना

२६ कात्तिक, काठमाडौं । सिंहदरबारभित्रै सवारी दुर्घटना भएको छ ।

पुनर्निमाण प्राधिकरण नजिक बालजु औद्योगिक विकास क्षेत्र लिमिटेडको कार र अर्को एक निजी कार एकआपसमा ठोक्किएका हुन् ।

बा ५ प ४१३० नम्बरको निजी र औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । यद्यपि, दुर्घटनामा कोही घाइते भने भएका छैनन् ।

गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय आउने बाटोतिर आउँदै गर्दा क्रस रोडमा दुर्घटना भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment