Comments Add Comment

नवलपरासीमा सवारी दुर्घटना, १ को मृत्यु

२७ कात्तिक, नवलपरासी । नवलपरासीको गैंडाकोट–८, जयश्रीमा ट्याक्टरको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारी अनुसार गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २३ प १२७८ नम्बरको स्कुटीलाई ना ५ त ६८०२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्कुटीमा सवार भरतपुर महानगरपालिका–२३ निवासी ३० वर्षीय युवराज अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment