Comments Add Comment

विवादास्पद पेनाल्टीले टुट्यो ३२ वर्षपछि विश्वकप खेल्ने सपना

२७ कात्तिक, काठमाडौं । रुस विश्वकप खेल्ने उत्तरी आयरल्याण्डको सपनामा स्वीटजरल्याण्ड बाधक बनेको छ । प्ले अफ अन्तर्गत आइतबार राति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि उत्तरी आयरल्याण्ड विश्वकपमा छनोट हुन सकेन ।

बिहीबार भएको पहिलो लेगमा विवादास्पद पेनाल्टीले स्वीटजरल्याण्ड विजयी भएको थियो । ३२ वर्षपछि विश्वकपको नजिक पुगेको आयरल्याण्ड त्यही पेनाल्टी गोलका कारण छनोट हुन सकेन ।

बिहीबार राति भएको खेलमा ५८ औँ मिनेटमा डियरियाभित्र ह्याण्ड भएको भन्दै पेनाल्टी दिइइएको थियो । तर, भिडियोमा हेर्दा बल पाखुरामा लागेको देखिन्छ ।

आयरल्याण्डका खेलाडी र प्रशिक्षकले रेफ्रिबाट निकै ठूलो भुल भएको भन्दै आलोचना गरेका थिए । तर, दोस्रो लेगमा राम्रो खेलेर विश्वकप खेल्ने सपना पुरा भएन ।

आइतबार राति भएको खेलमा आयरल्याण्डले केही राम्रा अवसर श्रृजना गरेनि गोलबाट चुक्यो । उत्तरी आयरल्याण्डले सन् १९८६ पछि विश्वकप खेल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment