Comments Add Comment

हराएको ल्यापटप भेटिएछि चिनियाँ नागरिकले गरे नेपाल प्रहरीको प्रशंसा

२७ कात्तिक, भैरहवा । चोरिएको आफ्नो ल्यापटप भेटिएपछि चिनियाँ नागरिकले नेपाल प्रहरीले छिटो र राम्रो गर्ने गरेको भन्दै प्रशंसा गरेका छन् ।

गत कात्तिक २४ गते रुपन्देही बेथरीमास्थित उनी कार्यरत संस्था रेन्वो कम्प्युटर एण्ड लेङ्ग्वेज टे्रनिङ सेन्टर प्रालिबाट ७५ हजार मुल्य बराबरको ल्यापटप चोरी भएको थियो ।

उनले उजुरी दिएको आधारमा खोजतलास गर्ने क्रममा दुई जना व्यक्तिमाथि छानविन गर्दा ल्यापटप र अन्य स्थानबाट चोरी गरिएको ६ थान मोबाइलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

घटनाको सफलतापश्चात रुपन्देही प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी घटना र आरोपीहरुलाई सार्वजनिक गरेको हो ।

घटनाको आरोपमा रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका-६ बेथरीका आकाश चौधरी रसुरेश चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा चिनियाँ नागरिक सी वाङले नेपाली भाषमा बोल्दै भने- ‘मेरो ल्यापटप हराएपछि इप्रका बेथरीमा सबै कुरा भने । ल्यापटप भेटिएपछि प्रहरीले आफूबाट सनाखत गराउँदा यति छिट्टै प्रहरीले सफलता पाएकोमा छक्क परेँ ।’

उनले थपे, ‘नेपाल प्रहरी पनि धेरै राम्रो लाग्यो । धेरै राम्रो गर्नुहुन्छ । र, नेपालको प्रहरीले एकदमै छिटो काम गर्नुहुन्छ, रामो काम गर्नुहुन्छ ।’

त्यस्तै रुपन्देही प्रहरीले विभिन्न मुद्दामा फरार ३ जना अभियुक्तलाई पनि पक्राउ परेको छ ।

ज्यान मार्ने उद्योगमा रुपन्देही जिल्ला रोहिणी गाउँपालिका-६ का २५ वर्षीय मोहम्मद युसुब शेख, सोही स्थानका १६ वर्षीय नुरमोहम्मद शेख र लागुऔषध मुद्दामा फरार सिद्धार्थनगर नगरपालिका ४ का ३० वर्षीय रोहित पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्त एवं डिएसपी डिल्ली नारयण पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment