बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

डिआईजी खनालले सोधे- बसको सिटमा जुम्रा र उडुस परिसक्दा पनि धुनुपर्दैन ?

अनलाइनखबर


२७ कात्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले सार्वजनिक सवारीको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा यतातायात व्यवसायी तथा मजदुरका लागि आयोजना गरिएको सवारी व्यवस्थापन समबन्धी विशेष कार्यक्रममा खनाललेअहिले सार्वजनिक सवारीहरुको सफाइको अवस्था दयनीय देखिएको बताए ।

‘कतिपयमा सवारीको त सिट नै कहिल्यै नधुने गरेको अवस्था छ । हामी कतिमा त जुम्रा, उडुस र उपियाँ पनि भेट्छौं,’ खनालले यातायात मजदुर र ब्यवसायीलाई सम्बोधन गर्दै खनालले भने,’अब यो अवस्था रहिरहनुहुन्न ।’

उनले देशको सभ्यता कुन सत्रमा छ भन्ने कुरा सार्वजनिक सवारीबाट नै पत्ता लाग्क्ष्ने बताउँदै नेपालमा सार्वजनिक सवारीको स्थितिले अन्तर्राष्ट्रिय रुपमा पनि गलत किसिमको सन्देश प्रवाह गरिरहेको उल्लेख गरे ।

राजधानीमा चलि रहेका सार्वजनिक सवारी सफा नराख्ने प्रचलन ब्याप्त छ । डिआईजी खनालले त्यसरी सवारी फोहोर अवस्थामा रहेका सवारीलाई निर्धक्कसँग चल्न दिँदा यात्रुलाई पनि समस्या भएको बताए ।

उनले भित्र मात्रै नभए सवारीको बाहिरीभाग पनि सफा नराख्ने र समयमै गर्नुपर्ने मर्मतहरु नगर्ने प्रवृत्ति मौलाएको बताए । अब सफाइमा ध्यान नदिने सवारीलाई कारवाही गर्ने चेतवनी पनि खनालले दिए ।

‘चिटिक्क परेर गन्तब्यमा हिँडेको मान्छेले बसभित्र पसेपछि मुख थुन्नुपर्ने अवस्था रहन हुँदैन,’ खानलले भने,’अब सवारीको सफाइमा तपाईंहरु ध्यान दिनुपर्छ ।’

व्यवसायी र मजदुरहरुले भने काठमाडौंको सडकमा धुलो अत्यधिक रहेकाले जति सफा गर्दा पनि नहुने अवस्था रहेको दावी गरे ।

उनीहरूले ट्राफिक प्रहरीले मजदुरका लागि छुट्टै पोशाक तोक्ने तयारी गरेकोमा स्वागत गरे । व्यवसायीले त्यसका लागि अावश्यक भूमिका निभाउने प्रतिवद्धता जनाए ।

२०७४ कार्तिक २७ गते २०:०८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • नवराज कार्की लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते २०:३६

    खनाल सर, आफ्ना सिपाही हवल्दार्को ब्यारेक पनि हेर्नुहोस।

    3
    0
    Share

  • अनुरोध लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते २२:२७

    DIG खनाल बाट धेरै अपेक्ष्या थियो । तर कुरा बढ़ी काम केही dekhiyena. दुर्घटनाको मुख्य कारक रहेको ट्रीपरको दादागिरी अंत्य गरछु भन्नु भएको थियो । त्यों पनि गफ़ नै भयो ।

    4
    1
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते २३:१३

    These bus owners do not take care of passengers. They stop where they get commission. We do not experience having clean and good food.

    Me and my friend were left behind in the middle of the night.

    Thankfully I dialled 100 then Nepal Police stopped the buss then caught the bus with the fourth bus.

    They never improve unless Nepal government routinely inspect and fined when complained.

    0
    0
    Share

  • गुञ्जन मान्नधर लेख्नुहुन्छ    |   २०७४ कार्तिक २८ गते ५:०५

    सर्बेन्द्र जि गाडिकाे सितकाे जुम्रा उदुसकाे कुरा गरेर अाफ्नाे प्रशासनलाई चाेखाे छ भन्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ। पहिला ट्राफिक प्रहरी भित्रकाे जूम्रा र उडुसलाई निर्मुल पार्नुस। नागरिक मात्रै हाेईन प्रहरी जवानहरु हल्दार मेजरबाट ठगिरहेका छन।

    4
    1
    Share

  • गुञ्जन मान्नधर लेख्नुहुन्छ    |   २०७४ कार्तिक २८ गते ५:२०

    पहिला बर्दी लगाईएका जुम्रा र उडुसहरुलाई निर्मुल पाराै।

    3
    1
    Share

  • अनुरोध लेख्नुहुन्छ    |   २०७४ कार्तिक २८ गते ९:३१

    डीआईजी साबका पनि गफ धेरै सुनियो । मिडियामा छाउन अनेक विषय चर्चामा ल्याइएको भए पनि व्यवहारमा कुनै परिवर्तन देखिएको छैन । तीब्र गतिमा दौडाउने ट्रिपरलाई कारबाहीको दारमा ल्याउने उद्घोष खनाल सरले महाशाखा प्रमुख हुनासाथ गर्नु भएको थियो । काठमाडौँका सडकमा दुर्घटनाका मूल कारकरुपमा रहेका ट्रिपरको लापरबाही कम गर्न कुनै प्रयास भएको थाहा पाइएको छैन । बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मालबाहक सवारीलाई काठमाडौँ उपत्यका प्रवेश निषेध गर्ने भनी बडो तामझामका साथ मिडियामा प्रचार गरिएको भए पनि व्यवहारमा देख्न पाइएन ।

    2
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this