Comments Add Comment

विक्रम पाण्डेको ब्यंग्य- देवी ज्ञवाली अपहरणमा परेजस्तै भए

२७ कात्तिक, चितवन । लोकतान्त्रिक गठवन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले, एमाले नेता देवी ज्ञवाली अपहरणमा परेजस्तै भएको टिप्पणी गरेका छन् ।

‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जे जे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छु, नेता पाण्डे भने, ‘ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।’

उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोलि सत्ताकेन्द्रित राजनीतिमा रमाउन थालेको आरोप लगाए ।

भरतपुर-२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै उम्मेदवार पाण्डेले आफूले जनताका पक्षमा गरेको कामको जससमेत अहिले बीचमा घुसेको माओवादीले लिन खोजेको गुनासो गरे ।

‘मैले निकुञ्जहुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर माओवादीले प्रचार गरेका छन्’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment