Comments Add Comment

निर्वाचनमा अधिक खर्च नरोके मुलुक बर्बादः दमननाथ ढुंगाना

२९ कात्तिक, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार तथा कांग्रेस नेता दमननाथ ढुंगानाले निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुने चेतावनी दिएका छन् ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रचार अभियानका क्रममा अधिक खर्च भईरहेका बेला नेता ढुंगानाले यस्तो परिपाटी तत्काल बन्द नभए लोकतन्त्र खतरामा पर्ने र मुलुककै भविष्यमाथि गम्भिर आघात पार्ने दावी गरे ।

ढंगानाले एउटा गरिव तर योग्य नागरिकले जनताको विश्वास लिनै नपाउने गरी निर्वाचन खर्च हुने गरेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

रफत सञ्चार क्लवमा आयोजित साक्षात्कारमा पूर्व सभामुखसमेत रहेका ढुंगानाले निर्वाचनमा हुने अधिक खर्चलाई लोकतन्त्रको विषको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment