Comments Add Comment

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

गौचन हत्या काण्डका योजनाकारसहित ८ फरार रहँदा व्यवसायी त्रसित

२९ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्याका योजनकार समिरमान बस्नेतसहित अन्यलाई तत्कालन पक्राउ गरी सार्वजनिक गर्न माग गरेको छ ।

महासंघद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘हत्याका मुख्य योजनाकारसहित ८ जना अझै फरार रहेका वेला देशभरका निर्माण व्यवसायीलाई अत्यन्त त्रसित छौं ।’

साथै, प्रहरीले मंगलबार घटनामा संलग्न ५ जनालाई पक्राउ गरेकामा महासंघले धन्यवाद ज्ञापन गरेको छ ।

‘घटनाको सुक्ष्म अध्ययन अनुसन्धान गरी प्रहरीले पाएको यस किसिमको सफलता वास्तवमै प्रशंसा योग्य छ’, महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन राज्य समक्ष आग्रह गर्दछौं ।’

यो पनि पढ्नुस्

दिनदहाडै यसरी मारिएका थिए गौचनः प्रकाशले ढुंगा हाने, राजीवले गोली चलाए

गौचन हत्यामा संलग्न सुटरसहित ५ पक्राउ, मुख्य योजनाकार भने फरार

फिरौती नदिएकै कारण गौचनको हत्या, समिरमान योजनाकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment