Comments Add Comment

भैरहवा पुगेर प्रचण्डले भने- अब लुम्बिनीमा चिनियाँ रेल गुड्छ

३० कात्तिक, भैरहवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही वर्षभित्र चीनदेखि लुम्बिनीसम्मको रेल गुड्ने बताएका छन् ।

उनले आफू प्रथम पटक प्रधानमन्त्री भएको अवस्थामा चिन भ्रमण जादाँ लुम्बिनी र ल्हासा जोड्न रेल मार्गको विषयमा गरेको छलफल अहिले पुरा भइरहेको उल्लेख गर्दै केही वर्षभित्र रेल गुड्ने बताए ।

बिहीबार भैरहवामा आयोजित चौथौ राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालको सफल, शान्ति प्रक्रिया कारण पनि आफ्नो लुम्बिनीसगँ गहिरो सम्बन्ध भएको बताउँदै लुम्बिनीको विकास र रुपन्देहीको पुर्वाधारको विकास निम्ति चुनावमा प्रतिवद्धता गरिएको विषयहरु आफ्नो पूरा सहयोग रहने बताए ।

कार्यक्रमलाई संक्षिप्त रुपमा सम्बोधन गरेको उनले ७० वर्षदेखि चलेको राजनीतिक भुमरीको अन्त्य हुनुपर्ने बताउँदै राजनितिक स्थिरतता र मुलुकलाई विकासको मार्गका लैजानका आवश्यक रहेको कारण वाम गठबन्धन गरेको बताए ।

मुलुकको आर्थिक विकास र समृद्धिसंगै स्थायित्वका लागि नै वाम गठवन्धन भएको भन्दै प्रचण्डले वाम गठवन्धन कसैका विरुद्ध नभएको दोहोर्‍याए ।

उनले संविधानसभाबाट संविधान प्राप्त भइसकेपछि अबको गन्तव्य आर्थिक विकास र समृद्धि नै भएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले नेपालले चीन र भारत जस्ता विकसित दुबै मुलुकबाट लाभ लिन सक्नुपर्नेमा पनि जोड दिए । उनले वामवठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नका लागि अपील सेमत गरे ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही ३ मा प्रतिनिधिसभाका उम्मेदवार घनश्याम भुसालले अबको पालो वामको पालो र देश बनाउने पालो रहेको बताउँदै अगामी १० वर्षमा मुलुकलाई उचाई लैजाने बताए ।

बेरोजगारीका कारण विदेश पलायन हुन बाध्य भएका युवाहरुलाई स्वरोजगार बनाउने भुसालले अाश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment