+
+
Shares

नोबेल अस्पतालको लापरबाहीले महिला अपाङ्ग भएको आरोप

क्षतिपूर्ति दिन परिवारको माग

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ कात्तिक ३० गते १८:१८

३० कात्तिक, बिराटनगर । बिराटनगरस्थित नोबेल अस्पतालका चिकित्सकको लापाबाही एक महिला अपाङ्ग बनेको भन्दै पीडितले कानुनी कारबाहीसहित क्षतिपूर्तिको माग गरेका छन् ।

विराटनगर–१४ का पवन शाहले आफ्नी श्रीमति सञ्जुको उपचारमा संलग्न चिकित्सकले लापरबाही गरेको भन्दै घटनाको छानबिन गरी कारबाहीसहित क्षतिपूर्तिको माग गरेका हुन् ।

उनले बिहीबार यहाँ पत्रकार सम्मेलन गर्दै भने, ‘नोबेलमा आमा सुरक्षा कार्यक्रम भएकाले निःशुल्क प्रसुति हुने आशामा अस्पताल भर्ना गराएँ, तर उपचारमा लापरबाही हुँदा २२ दिनमै बच्चाको मृत्यु भयो ।’

सामान्य अवस्थामै भर्ना गराएको भएपनि नोबेलले विभिन्न बहानामा ४ पटक शल्यक्रिया गराएको र दुई महिनापछि उपचार पूरा नभइ डिस्चार्ज गरेको उनले गुनासो गरे ।

उनले आफ्नो श्रीमतिलाई अस्पतालले उपचार पूरा नभइ बीचमै डिस्र्चाज गरेपछि अहिले मर्नु न बाच्नुको अवस्थामा घरमै राख्नु परेको बताए ।

उनका अनुसार बच्चा जन्माउन गरिएको शल्यक्रियापछि आमाको दाहिनेतर्फको कम्मर मुनिको भाग चल्न छाडेको थियो । र, दुई महिनाको अस्पताल बसाइपछि अस्पतालले डिस्चार्ज गरेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका शाहले अढाई महिना श्रीमतीलाई अस्पतालमा राख्दा दैनिक १० हजार बढी खर्च भएको भौचर सुरक्षित राखेका छन् ।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले भने शाहको पत्नीको उपचारमा कुनै त्रुटी नभएको दाबी गरे ।

उनले भने, ‘बरु लामो समय उपचार गराउनु परेको कुरा बुझेर ४ लाख रुपैयाँ बढी उपचार शुल्क अस्पतालले मिनाह गरिदिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?