Comments Add Comment

गौचन हत्यामा संलग्न थप दुई पक्राउ, २ पेस्तोल र १० राउण्ड गोली बरामद

१ मंसिर, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना शुक्रबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ छन् ।

उनीहरुलाई कपनबाट पक्राउ गरिएको गौचन हत्या अनुसन्धान टोलीको नेतृत्व गरेका डिआइजी गणेश केसीले अनलाइनखबरलाई बताए ।

पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ ।

यसअघि बुधबार प्रहरीले गौचनको हत्यामा संलग्न सुटरसहित ५ जना सार्वजनिक गरेको थियो ।

घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भने अझै फरार छन् । बस्नेतले लामो समयदेखि व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न रहँदै आएका थिए ।

मागेजति फिरौती नदिएका कारण गौचनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न ८ जना अझै फरार छन् ।

यो पनि पढ्नुस्

दिनदहाडै यसरी मारिएका थिए गौचनः प्रकाशले ढुंगा हाने, राजीवले गोली चलाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment