Comments Add Comment

सामसङले गर्‍यो नेपालमा सूचना प्रविधि प्रवर्द्धनमा सहयोग


१ मंसिर, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले सामसङ (दक्षिण कोरिया) ले विभिन्न सीएसआर परियोजनामध्ये सामसङ इम्प्लाई भोलिन्टियर प्रोग्राम आयोजना गर्दै नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका लागि सामसङ कोरियाबाट २६ जनाको टोलीसमेत नेपाल आएका थिए ।

महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्यसहित सामसङ टिमले उनीहरुको लागि ग्राफिक डिजाइनिङ र फोटोसप सम्बन्धी विशेष तालिम पनि प्रदान गरेको थियो ।

यसले महिला उद्यमशीलताकोसहित उनीहरुको भावी जीवन नै विशेष उपलब्धिे विश्वास सामसङले लिएको छ ।

सामसङ टिमको प्राविधिक समूहले नेपालका करिव १०० विद्यार्थी र विभिन्न ७ वटा स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण दिएको थियो ।

यसको लागि आवश्यक पर्ने आईटी इक्वीपमेन्टहरु तथा अन्य आवश्यक पर्ने टे्रनिङ म्याटेरियलहरु कोरियाबाटै खरिद गरी ल्याइएको थियो । त्यसपछि विद्यालयमा प्रदान समेत गरिएको छ । यसबाट करिव ७००० भन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास सामसङले लिएको छ ।


यस्तै खालको ट्रेनिङ प्रोग्राम अफ्रिकाका मुलुकहरुमा पनि गरिएको थियो यस्तो कार्यक्रम त्यहाँ सफल मात्र भएन, ट्रेनिङ्ग लिएका व्यक्तिहरुको जीवन नै बदलिएको थियो । त्यसैले नेपालमा पनि यो उपगोगी सिद्ध हुनेछ ।

यो वर्कशप नोभेम्बर महिनाको ११ तारिखदेखि १७ तारिखसम्म सञ्चालन गरिएको थियो । स्थानको छनौट गर्ने सिलसिलामा ज्ञान सिन्धु एकेडेमीलाई छनौट गरिएको थियो ।

ज्ञानसिन्धु एकेडेमीमा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा कक्षा ७ र ८का विद्यार्थीहरुलाई एम एस वर्ड र ९ कक्षाका २६ विद्यार्थीहरुलाई तथा अन्य स्थानीय उच्च माविका विद्यार्थीहरुलाई समेत सहभागी गराई एचटीएमएल सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो ।

अन्य आमन्त्रित उच्च माविका विद्यार्थीहरुलाई महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रशिक्षण दिइएको थियो ।

सामसङ टिमले अन्य स्थानीय स्कुलका समेत १० जनप्रशासनसँग सम्बन्धित कर्मचारीहरुलाई एमएस एक्सल सम्बन्धी तालिम तथा १० जना शिक्षकहरुलाई एमएस प्वावर प्वाइन्ट सम्बन्धी तालिम प्रदान गरेको थियो ।

साथै विद्यालय समय पश्चात् कक्षा सकिएपछि सामसङ टिम भित्ते चित्रकलामा सहभागी पनि भएको थियो । यो कार्यले कोरिया र नेपालबीचको सम्बन्धलाई अझ बढी बलियो बनाउँदै उपब्धिपूर्ण हुने विश्वास सामसङको रहेको छ ।


नयाँ पुस्तालाई प्राविधिक रुपमा सक्षम बनाउने उद्देश्यसहित विगतका केही वर्षहरुदेखि सामसङले विभिन्न कार्यहरु गर्दै आएको छ । यसै सिलसिलामा ५ वटा स्कुलहरुमा स्मार्ट कक्षाहरुको स्थापना गरेको छ ।

४ वटा उपत्यकाभित्र आदर्श कन्या निकेतन, हाइयर सेकेन्डरी स्कुल- छात्रा विद्यालय, प्रभात सेकेन्डरी स्कुल, ज्ञानोदय, नेपालआदर्श सेकेन्डरी स्कुल तथा १ कासी विरेठाँटी सेकेन्डरी स्कुल रहेका छन् । सामसङले ३५०० भन्दा धेरै पाठ्य पुस्तकहरु श्री सुन्दी सेकेन्डरी स्कुललाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment