Comments Add Comment

वैदेशिक रोजगार विभागका कर्मचारीबिरुद्ध घूस लिएको आरोपमा मुद्दा दायर

३ मंसिर, काठमाडौं । १० लाख रुपैयाँ घूस काण्डमा वैदेशिक रोजगार विभागका महानिर्देशकसहित तीन कर्मचारी पक्राउ परेेको एक साता नवित्दै विभागकै अर्का एक कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागको तहाचलस्थित श्रम कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर भाग्य नारायण झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

झाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने सेवाग्राहीसँग विभिन्न बहानामा बिचौलिया खडा गरेर घूस लिएको भेटिएको अख्तियारले जनाएको छ ।

यस्तो गतिविधिबाट झाले विभिन्न व्यक्तिमार्फत अठ्ठाइस हजार पाँच सय घूस लिएको अख्तियारले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment