Comments Add Comment

चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिखित जवाफ माग्यो

३ मंसिर, काठमाडौं । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार नभएसम्म चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।

तर, टिर निवेदनको माग बमोजिम चुनाव रोक्न अन्तरिम आदेश भने दिएको छैन ।

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने माग गर्दै कमला थापाले दायर गरेको रिटमा न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी नगर्ने लिखित जवाफ १५ दिनभित्र दिन भनेको छ ।

साथै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे बहसका लागि १३ गते दुबै पक्षलाई बोलाइएको छ ।

रिटमा संविधानको धारा ८४ को १ क बमोजिम ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने र यो सुनिश्चित नहुँदासम्म चुनाव रोक्नु पर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment