+
+

इटहरीमा एम्बुलेन्स र स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु

दाङ देउखुरीमा बस दुर्घटना हुँदा ३० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ४ गते ७:५८

४ मंसिर, काठमाडौं । सुनसरीको इटहरीमा एम्बुलेन्ससँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ । इटहरीको हलगडा चोकमा को १ च ७००९ नम्बरको एम्बुलेन्स र को २३ प ४६७ नम्बरको स्कुटर गएराति ११ बजे ठोक्किएका थिए ।

दुर्घटनामा इटहरी २ बस्ने स्कुटर चालक डोकबहादुर कार्की, पाल्पा भैरवस्थानका निर्मल गौतम र सुनसरी भरौलकी ४६ वर्षीया सरीता काफ्लेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । मृत्यु भएका तीनै जनाको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

दाङ देउखुरीमा बस दुर्घटना, ३० जना घाइते

यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको मसुरीयामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा रोकिरहेको बसमा गुडिरहेको ना ५ ख ९८० नम्बरको अर्को बस ठोक्किएको थियो । घाइते मध्य गाडी चालक प्रभु दयाल चौधरीको अवस्था गम्भीर भएको भालुबाङ प्रहरीले जनाएको छ ।

गुडिरहेको यात्रुबाहक बसको टायर पड्किएर रोकिरहेको अर्को बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?