Comments Add Comment

गोरखा पुगेर गगनले भने- बाबुराम जित्दा संसदमा कांग्रेस बलियो हुन्छ

४ मंसिर, गोरखा । नेपाली कांग्रेसका नेता गगन थापाले गोरखा २ मा डा. बाबुराम भट्टराई जित्दा संसदमा कांग्रेस बलियो हुने बताएका छन् ।

सोमबार भच्चेकमा कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता गगनले प्रतिनिधिसभा उम्मेदवार भट्टराईलाई भोट मागेका हुन् ।

यो चुनाव संविधान जोगाउने कि भत्काउने जनमत संग्रह भएको भन्दै उनले भने, ‘संविधान जोगाउन र कार्यान्वयन गर्न कांग्रेसले जित्न आवश्यक छ । गोरखा २ मा बाबुरामले जित्नु भनेको संसदमा कांग्रेस बलियो हुनु हो ।’

उनले भट्टराईलाई मत दिने क्रममा विगतको दुःख पीडा विर्सिन गोरखाका कांग्रेस कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले संसदमा गठबन्धन आउनु भनेको पार्टी जित्नु बराबर हो भनेको छ । त्यसैले निजी चोट विसर्न आग्रह गर्छु’ उनले भने ।

कांग्रेस र माओवादीको गठबन्धन सरकार चलाइरहँदा माओवादीमा कांग्रेससँग होइन, कम्युनिष्टसँग मिल्नुपर्छ भन्ने मत पनि थियो भन्दै उनले त्यसलाई चिन्न आग्रह गरे । बाबुरामसँग आफ्नो राजनीतिक असहमति रहेको तर, उनले जित्दा राजनीतिलाई जनतासँग जोड्ने प्रवृत्तिले जित्ने भन्दै भोट मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment