Comments Add Comment

किन हुन्छ न्यून रक्तचाप ? यस्तो छ समाधान

हामीकहाँ उच्च रक्तचापलाई मात्र समस्या मानिन्छ । चर्चा पनि उच्च रक्तचापकै हुन्छ । उच्च रक्तचापमा के खाने, के गर्ने, के नगर्ने भन्ने जस्ता कुरा हुन्छ । तर, न्युन रक्तचापको बारेमा खासै चर्चा हुँदैन । जबकी उच्च रक्तचाप जति खतरापूर्ण हुन्छ, उत्तिनै न्युन रक्तचाप पनि ।

त्यसो त न्युन रक्तचाप झेल्नेहरुको संख्या पनि उत्तिनै छ ।

जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, त्यसलाई न्यून रक्तचाप वा लो ब्लडप्रेसर भनिन्छ । न्यून रक्तचापले अनेक शारीरिक समस्या देखापर्छन् ।

मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । तर, माथिको ९० भन्दा कम भयो भने त्यसलाई न्यून रक्तचाप वा हाइपरटेन्सन भनिन्छ ।

न्यून रक्तचापलाई अक्सर मानिसहरु गम्भिरतापुर्वक लिँदैनन् । जबकि न्यून रक्तचाप हुँदा शरीरमा रगतको दवाव कम भएर आवश्यक अंगहरुसम्म पुरा रगत पुग्न सक्दैन । यस्तोमा मुटु, किड्नी, फोक्सो र दिमाग आंशिकरुपमा वा पूर्णरुपमा काम गर्न छोड्न पनि सक्छ ।

अब थाहा पाउनुस न्यून रक्तचापको कारण, लक्षण र उपचार

न्यून रक्तचापका लक्षण

-चक्कर लाग्नु

-आँखा अगाडि अँध्यारो छाउनु

-केही छिनलाई बेहोश हुनु

-हातगोडा चिसा हुनु

यस प्रकारका बिरामीको चेकअप गर्दा रक्तचापमा निकै अन्तराल हुन्छ । बिरामी सुत्दा, बस्दा र उठ्दा भने उसको रक्तचापमा निकै फेरबदल हुन्छ ।

न्यून रक्तचापका पछाडि ती सबै कारण जिम्मेवार छन् जसबाट मुटुमा रगतको सञ्चार कम हुन्छ ।

१. मुटु रोगका कारणः

रक्तचाप कम हुनु मुटुको गम्भीर रोगसँग जोडिएको हुन्छ । मुटुको बिमारीले यसको मांशपेसी कमजोर हुन्छ, जसले गर्दा मुटुले पर्याप्त रगत पम्प गर्न सक्दैन र बीपी कम हुन्छ । मुटु रोगी तथा एनीमियाका बिरामीले न्यून रक्तचापमा सावधान रहनुपर्छ ।

२. अर्थोस्टेटिक हाइपरटेन्सन टाइपः

यसमा बिरामीलाई उभिँदा रिंगटा लाग्न थाल्छ, किनकी उसकोउ रक्तचाप एकाएक २० प्वाइन्टले तल आउँछ । यो नर्भस सिस्टममा आधारित हुन्छ । तर, कहिलेकाहीँ औषधिको साइड इफेक्टले वा एलर्जीले पनि हुन सक्छ ।

यसका अलावा शरीरको भित्री अंगहरुबाट रगत बग्ने वा रगतको कमीले खानामा पौष्टिकताको कमि वा अनियमितताले, फोक्सोको आक्रमणले, मुटुको भल्भ खराब हुनुले रत्तःचाप न्यून हुन सक्छ । अचानक दुखद खबर सुन्दा, वा भयावह दृष्य देख्दा पनि बीपी कम हुन सक्छ ।

उपचार के हो ?

–     न्यून रक्तचापको आशंका हुनेवित्तिकै सुतेर र उठेर दुवै तरिकाले बीपी परिक्षण गराउनुपर्छ ।

–     तुरुन्तै डाक्टरलाई भेट्नुस । यदि कुनै औषधिले न्यून रक्तचाप भएको छ भने डाक्टरको सल्लाह लिएर औषधिको मात्रा घटाउनुस वा पुरै बन्द गर्नुपर्छ ।

–      पोषक तत्वबाट भरपूर आहार लिनुस । फरक-फरक प्रकारका फल, तरकारी, अन्न, लो फ्याट मासु वा माछालाई भोजनमा समावेश गर्नुपर्छ ।

–      भोजनको मात्रा अलि कम गर्नुस र खानामा आलु, चामल र ब्रेडजस्ता बढि कार्बोहाइड्रेटबाला खाद्यपदार्थको प्रयोग कम गर्नुपर्छ  ।

–      धुम्रपानबाट टाढा रहनुस । सक्रिय जीवन बाँच्नुस । बढि पसीना आउने कामबाट बच्नुस, घाममा बढि नघुम्नुस र पर्याप्त मात्रामा नून सेवन गर्नुपर्छ ।

–      अत्यधिक तनावबाट जोगिनुपर्छ ।

न्यून रक्तचाप हुँदा के गर्ने ?

–      तुरुन्तै बस्ने र सुत्ने । मुठ्ठी कस्नुस, खुट्टा हल्लाउने

–      नून वा नून-चीनीबाला पानी वा चिया पिउने

–      रोगीलाई खुट्टामुनि दुई तकिया राखेर सुताउने

–      पहिलेदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेको छ भने त्यसलाई तुरुन्त छोड्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment