Comments Add Comment

माओवादीका पोलिटव्युरो सदस्य कांग्रेसमा प्रवेश

४ मंसिर, डडेल्धुरा । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्र,डडेल्धुराका पूर्व इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मी उप्रेती लगायत माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरुलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाएर कांग्रेसमा स्वागत गरेका थिए ।

कार्यक्रम पछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment