Comments Add Comment

अमेरिकामा रहेका झापाली संगठित हुँदै

२० नोभेम्बर, अमेरिका । अमेरिकामा बसोबास गर्ने झापालीहरु संगठिन हुन थालेका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरेका उनीहरु संगठित हुन थालेका हुन् ।

झापाको समग्र गतिबिधिहरुमा सहयोग गर्ने उद्देश्यका साथ निकट भबिश्यमै झापाली समाज अमेरिका गठन गरिने अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।

संसारभरी छरिएका झापालीबीच भाइचारा, सदभाब र झापाको बिकासमा सहयोग गर्ने उद्देश्यका साथ केही महिना पहिला अन्तराष्ट्रिय झापाली समाज गठन भैसकेको र अब अमेरिकामा पनि समाजको गठन गरिने पोखरेलले बताए ।

अमेरिकामा झापा जिल्लाको ठूलो संख्या रहेको भन्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले संगठित हुन सके झापाको विकास, कला र संस्कृति लगायत अन्य सामाजिक कार्यमा ठूलो योगदान हुने भएकोले संगठित गर्न लागिएको बताए ।

यस अघिनै अमेरिकाका भर्जिनिया, टेक्सास राज्यहरूमा झापालीहरू संगठित भई पिकनिक साथै सामाजिक कामहरूमा समेत सकृय नै छन ।

अब सबैलाई समेटेर अगाडि बढ्न १९ नोभेम्बरमा अमेरिकाको राष्ट्रिय स्तरमा कन्फ्रेन्स कल बैठक सम्पन्न गरी सकिएको र यही १९ डिसेम्बर भित्र तदर्थ समिति गठन गरिने जनाइएको छ ।

बैठकमा झापाली अग्रजदेखि अमेरीकामा सकृय झापालीहरू उल्लेखनिय रूपमा सहभागी थिए ।

क्यालिफोर्नियाबाट शम्भु ढुड्गाना, मोहन ओली, अनिल ओली, दिलिप थापाले जति सक्दो चाडो संगठन निर्माण गर्नेतर्फ अगाडि बड्नु पर्ने बताएका थिए ।

टेक्सास अस्टिनका समाजसेवी हेम पाठकले समर्थन जनाउँदै पूर्ण सहयोगको प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment