Comments Add Comment

रुपन्देहीलाई प्रदेश नं ५ को राजधानी बनाउने कांग्रेस गठबन्धनको प्रतिवद्धता

५ मंसिर, बुटवल । रुपन्देही जिल्लामा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त चुनावी मोर्चा लोकतान्त्रिक गठबन्धनले ५ नं प्रदेशको राजधानी रुपन्देहीलाई बनाउने प्रतिबद्धता जाहेर गरेको छ ।

लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा ५ नं प्रदेशको राजधानी रुपन्देहीलाई बनाउने प्रतिबद्धतासँगै बेलहिया–कोरला सीमा नाकासम्म आवातजावत गर्ने सडकको निर्माण गर्न विशेष पहल गरिनेसम्मको विकास कार्यक्रमलाई अगाडि सारेको छ ।

घोषणापत्रमा लोकतान्त्रिक शक्तिको बीचमा सहमति, सहकार्य र एकताको वातावरण कमजोर बनेमा सात दशकको संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको देशको लोकतान्त्रिक संविधान कार्यान्वयन हुने विषयमा शंका उत्पन्न हुने अवस्था आउने उल्लेख गरिएको छ ।

त्यस्तै, आगामी ३ वर्षभित्रमा यस क्षेत्रको शिक्षा दरलाई वर्तमान ७४ प्रतिशतबाट ९० प्रतिशत पु¥याउने, १२ कक्षासम्म निःशुल्क अध्ययनको सुविधा, मोतिपुरमा शिक्षण अस्पताल स्थापना गर्ने, तीन वर्षमा यस क्षेत्रमा क्यान्सर डिटेक्सन सेन्टरको स्थापना गरिने, भीम अस्पताललाई स्तरोन्नति गरी ५० श्ययाको बनाउने योजनाका साथै २५/२५ श्यायाको नयाँ अस्पतालको व्यवस्था गरिने कार्यक्रम पनि रुपन्देही ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सार्वजनिक गरेका छन् ।

यस्तै मंगलापुर, रगरगञ्ज हुँदै भैरहवा विमानस्थल पुग्ने सडकको निर्माण गर्ने, निम्न दरमा मलखादको व्यवस्था गर्ने तथा कृषकको जीवन उकास्ने नीति अपनाउने, गुनासो सुन्नको लागि निःशुल्क टोल फ्रि नम्बरको स्थापना गर्ने, हरेक घरमा इन्टरनेटको सेवा सुविधा इ रिडिङको सुविधा तथा विभिन्न सीपमूलक तालीमको व्यवस्था गर्ने, भैरहवा विमानस्थलको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका कारण पहिचान गरी त्यस्ता बाधालाई हटाइ छिटोछरितो कार्य गराउने, लुम्बिनीसम्म पुग्ने सम्र्पूण बाटोलाई शुद्धीकरण तथा हरभरा बनाउने, प्रत्येक वडामा एक व्यक्ति एक रुखको अभियानस्वरुप हरियाली वातावरण बनाउन पहल गर्ने लगायतका विषय पनि सार्वजनिक गरिएको घोषणा पत्रमा उल्लेख गरिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment