Comments Add Comment

यी हुन् प्रधानमन्त्री पदका १९ दाबेदार


६ मंसिर, काठमाडौं । विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका डेढ दर्जन नेतालाई चुनावी मैदानमा भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरेको पाइएको छ । १९ जना नेताहरुमध्ये ९ जनालाई कार्यकर्ताले भावी प्रधानमन्त्री भनी प्रचार गरेका छन् भने अन्य दशजनाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।

आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्ने नेताहरुमा शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, रामचन्द्र पौडेल, माधव कुमार नेपाल, झलनाथ खनाल, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, आरजू राणा, वामदेव गौतम छन् ।

त्यसैगरी दमननाथ ढुंगाना, रामशरण महत, कृष्णप्रसाद सिटौला, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, विजयकुमरा गच्छदारलाई पनि कार्यकर्ताहरुले भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै मत मागिरहेका छन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment