+
+
Shares

प्रचण्डलाई क्रान्तिकारीको सान्त्वनाः तपाईंका छोराछोरी हामी लाखौं छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ६ गते ९:४४
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ

६ मंसिर, भरतपुर । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पुत्रशोकमा रहेका अध्यक्ष प्रचण्डको साथमा लाखौंलाख छोराछोरी रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डको चुनावी अभियानलाई सहयोग पुर्‍याउन चितवन पुगेका तामाङले भने, ‘कमरेड प्रचण्ड तपाईंले एउटा छोरा गुमाउनु भयो, तर यो देशमा हामी तपाईंका लाखौंलाख छोराछोरी छौं ।’

यसअघि तामाङ नेतृत्वको क्रान्तिकारी टोलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेरै समवेदना दिएको थियो । भेटमा तामाङले माओ र स्तालिनले क्रान्तिको दौरान छोरा गुमाएर पनि विचलित नभई अघि बढेको उदाहरण दिँदै संयमित भएर समाजवादी अभियान सफल पार्न आग्रह गरेका थिए ।

समवेदना दिन आएको क्रान्तिकारी टोलीलाई आफू सम्हालिएको बताउँदै अध्यक्ष प्रचण्डले देशभरका युवाहरुमा नै आफूले प्रकाश देखेको बताएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आयोजित चुनावी कार्यक्रममा बोल्दै तामाङले समाजवादी यात्राका एक महानायकलाई भारी मतले जिताउन सम्पूर्ण रुपले लाग्न युवा विद्यार्थीलाई अपिल गरे ।

चितवनमा अध्यक्ष प्रचण्डको चुनावी अभियानमा सहयोग गर्न क्रान्तिकारी अध्यक्ष तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत, महासचिव उत्तम अधिकारी, सचिव पवन कार्कीसहितको केन्द्रीय टोली चितवनमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?