Comments Add Comment

अर्घाखाँचीमा राप्रपाको उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन

६ मंसिर, अर्घाखाँची । प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अर्घाखाँचीमा कांग्रेसलाई राप्रपाले समर्थन गरेको छ । दुबै पार्टीका नेताहरुको मंगलबार बसेको संयुक्त बैठकमा यो सहमति भएको हो ।

चार बुँदे सहमति पत्रमा कांग्रेस अर्घाखाँचीका कार्यवाहक सभापति शान्ता भण्डारी र राप्रपा अध्यक्ष दीपक कुँवरले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभामा राप्रपा अध्यक्ष दीपक कुँवर आफै उम्मेदवार थिए ।

सहमति अनुसार प्रदेशसभामा उम्मेदवारी दिएका राप्रपाका कुँवर र अमर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवारद्वय विष्णु मुस्कान र हिम्मतबहादुर खड्कालाई सघाउने छन् ।

दुबै पार्टीको संयुक्त प्रचार अभियान चलाउने र दुबै पार्टीबाट दुई-दुई जना रहेको निर्देशक समिति गठन गर्ने सहमति पनि कांग्रेस र राप्रपाबीच भएको छ ।

हेर्नुहोस् सहमति पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment