Comments Add Comment

वाम गठबन्धनको सभालाई लक्षित गरी नेकपाद्वारा दाङ बन्द

टेलिफोनसमेत बन्द हुँदा स्थानीयबासी मर्कामा

६ मंसिर, घोराही । वाम गठबन्धनको चुनावी सभालाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज दाङ जिल्ला बन्द आह्वान गरेको छ । आजै टेलिफोन सेवासमेत बन्द भएपछि दाङबासी थप मर्कामा परेका छन् ।

बन्दको प्रभाव बिहानैदेखि परेको छ । यातायात, शिक्षण संस्था, उद्योगधन्दा ठप्प छन् । जिल्लाका मुख्य बजारहरु तुलसीपुर, घोराही, लमही र भालुबाङमा पनि बिहानैदेखि बन्दको प्रभाव छ ।

आफ्ना नेता कार्यकर्ताहरुलाई सरकारले पक्रेको विरोधमा दाङ जिल्ला बन्द आह्वान गरेको नेकपाले जनाएको छ । बन्द आह्वान गरिएपछि तर वाम गठबन्धनको चुनावी सभा प्रभावित हुने नेकपाको अनुमान छ । यद्यपि जिबिसको मैदानमा सभाको तयारी जारी राखिएको छ ।

घोराही नजिकै कटुवा खोलामा फाइबरलाइनमा समस्या भएर टेलिफोन सेवा अवरूद्ध भएको नेपाल टेलिकम दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment