६ मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को रेकर्ड बनाउँदा साविकको विजेता रियल मड्रिड अन्तिम १६ मा पुगेको छ ।
मंगलबार राति भएको खेलमा रियल मड्रिडले एपेल निकोसियालाई ६–० को पराकिलो गोल अन्तरले हराएको हो । रियलको जितमा दुई गोल गरेका रोनाल्डोको स्न २०१७ मा च्याम्पियन्स लिगमा गोल संख्या १८ पुगेको छ, जुन एउटा क्यालेण्डर इयरमा भएको सर्वाधिक गोल हो ।
एपेल निकोसियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले चार गोल पहिलो हाफमा नै गरेको थियो । २३ औं मिनेटमा लुका मडरिकको गोलबाट अग्रता लिएको उसका लागि २३ औं मिनेटमा करिम बेन्जिमा र ४१ औं मिनेटमा नाचोले गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ४–० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको सुरुमा नै रोनाल्डोल गोल गरे । ४९ औं मिनेटमा पहिलो गोल गरेका उनले पाँच मिनेटपछि अर्को गोल थपे ।
अर्को खेलमा बोरुसिया डर्टमुन्डलाई २–१ ले हराएको इंग्लिस क्लब टोटनह्याम समूह विजेता बन्ने पक्का भएको छ । यद्यपि समूह चरणको अन्तिम खेलमा दुबै टिम एकअर्कासँग भिड्दैछन् ।
प्रतिक्रिया 4