News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध चार वटै विदेशी खेलाडीको रूपमा इंग्ल्यान्डका खेलाडी उतारेको छ।
- पाकिस्तानी खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजले एनओसीका कारण एनपीएल खेल्न पाएनन्।
- चितवनले त्यसपछि डाविड मलान, डान मोस्ली र टम टेलरलाई टोलीमा अनुबन्ध गरेको छ।
१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडीलाई मैदानमा उतारेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध चितवनले कप्तान रवि बोपारासहित चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडी उतारेको हो ।
रवि यसअघि नै नेपाल आइसकेका थिए । त्यसबाहेकका अन्य खेलाडी भने पाकिस्तानका खेलाडी खेल्न नपाउँदा रातारात नेपाल आएका हुन् । यसअघि चितवनले तीन पाकिस्तानी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको थियो ।
तर, एनओसीका कारण पाकिस्तानका खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजले एनपीएल खेल्न पाएनन् । त्यसपछि चितवनले हतार हतारमा थप विदेशी खेलाडी भित्राएको थियो । जसमा अघिल्लो सिजन खेलेका डाविड मलानसहित डान मोस्ली र टम टेलरलाई चितवनले टोलीमा अनुबन्ध गरेको हो ।
प्रतिक्रिया 4