Comments Add Comment

महिलाले भित्री बस्त्र खरिद गर्दा ध्यान दिनैपर्ने कुरा

महिला, खासगरी युवतीहरु पहिरनमा निकै सचेत हुन्छन् । उनीहरु आफ्नो शरीर सुहाउँदो पहिरन मात्र खोज्दैनन्, त्यसको कलर कम्बिनेसन पनि मिलाउँछन् ।

यद्यपी भित्री बस्त्रको सन्दर्भमा भने उति संवेदनसिल नहुन सक्छन् । भित्री बस्त्र जस्तो सुकै भएपनि कसले देख्छ र ? भन्ने लाग्छ । तर, यो गलत धारणा हो ।

बाहिरी वस्त्र जति महत्वपूर्ण छ भित्री वस्त्रको त्योभन्दा बढि महत्व छ । भित्री वस्त्रमा हेलचेक्र्याइ गर्दा शरीरमा अनेकौ दुष्प्रभाव पर्न सक्छ । अतः भित्री वस्त्र खरिद गर्दा निम्न कुराहरुमा ध्यान दिनैपर्छ ।

सुतीको पेन्टी

सुती कपडा छालामैत्री हो । अतः पेन्टी जस्तो भित्री वस्त्रका लागि सूती नै सहि छनौट हुनसक्छ । यद्यपि सिल्क वा सिन्थेटिक कपडाको पेन्टी बढि सेक्सी देखिन्छ । तर, यस्तो पेन्टीमा हावा पस्दैन । यसले छालाको रोग वा इन्फेक्सनको खतरा बढ्छ । यदि सिन्थेटिक कपडाकै पेन्टी किन्नु छ भने त्यो पेन्टी किन्नुस जसको भित्रपट्टकिो लाइनिङ सूतीकै होस ।

सही नाप

पेन्टी ठूलो भयो भने हिँडडुल गर्नै असहज हुन्छ । अर्कोतर्फ धेरै कसिलो पेन्टी पनि असजिलो हुन्छ । साथै छालामा रगडिन्छ पनि । त्यसैले पेन्टी किन्दा नापमा ध्यान दिनुपर्छ । सामान्यतया पेन्टीको साइज आफ्नो ब्राको साइजभन्दा ठूलो हुनुपर्छ ।

सेतो पेन्टी सर्वोत्तम

रंगविरंगी पेन्टी हेर्दा आकर्षक त देखिन्छन् तर, कपडाको रंगले मुलायम त्वचालाई हानी पुर्‍याउने चिकित्सकहरु बताउँछन् । त्यसैले सेतो पेन्टी नै सर्वोत्तम हुन्छ ।

सेपवेयर पेन्टी

पाताले कम्मर र सुडौल शरीर देखाउने लोभमा महिलाहरु सेपवेयर लगाउँछन् । तर, यसबाट पनि विभिन्न समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् । सेपवेयरले शरीरको मासुलाई दबाएर राख्छ । धेरै बेरसम्म यसो गर्दा पित्त, अम्ल, प्रतिवाह आदि समस्याहरु हुन सक्छन् । यसलाई कहिलेकाहीँ मात्रै लगाउनु र चाँडै खोल्नु उचित हुन्छ  ।

वर्कआउटको समय

व्यायाम गर्ने समयमा पनि आफ्नो पेन्टीमा ध्यान दिनुपर्छ । गलत कपडाको वा गलत नापको पेन्टीले तपाईंको पसीना सोस्न असमर्थ हुन्छ, जसले गर्दा ब्याक्टेरिया जन्मने सम्भावना हुन्छ ।

व्यायामपछि पेन्टी चाँडोभन्दा चाँडो बदल्नुपर्छ । पेन्टीले सोसेको पसिना चाँडै सुक्न सम्भव हुँदैन । त्यसैले यसलाई लामो समयसम्म लगाउँदा छालालाई हानी गर्न सक्छ ।

स्त्रीरोग विशेषज्ञको राय

महिलाहरुले पेन्टी धुने बेला यसलाई राम्रोसँग नियाल्नुपर्छ । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ । साथै पेन्टी धुने डिचर्जेन्ट कुनै रंग वा वास्नारहित हुनुपर्ने डाक्टरहरु बताउँछन् ।

राति सुत्दा पेन्टी नलगाउनुस

जो महिलाहरुले सारा दिन बाँधिएको कपडामा बिताउनुपर्छ, उनीहरुले रातमा पेन्टी नलगाउनु उचित हुन्छ । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।

पेन्टी नलगाउँदा के हुन्छ ?

आजकाल केही महिलाहरु पेन्टी नै नलगाई पनि हिँड्छन् । यसो गर्नु पनि उचित होइन । पेन्टी नलगाउँदा तपाईंको नितम्बको मासु झोल्लिएर शरीरको सेप बिगि्रन सक्छ । साथै पेन्टी लगाउँदा तपाईंको गोप्य अंगको पनि सुरक्षा हुन्छ ।

पेन्टी कहिले बदल्ने ?

महिलाहरु बदलिदो फेसनअनुसार आफ्नो कपडा-जुत्ता आदि बदलिरहन्छन् । तर पेन्टीमा खासै ध्यान दिँदैनन् । पुरानो पेन्टीले नै काम चलाउँछन् । तर धेरै पुरानो पेन्टी लगाउँदा अनेक समस्याहरु आउन सक्छन् । त्यसैले इलास्टिक लुज हुनुभन्दा अगाडि नै पेन्टी बदल्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment