Comments Add Comment

यी आनीबानी, जो धुमपान भन्दा बढी हानिकारक

हामीलाई थाहा छ, धुमपान स्वास्थ्यका लागि हानीकारक छ । त्यही कारण हामी धुमपान गदैनौ । धुमपान गर्नेहरु पनि यसबाट छुटकारा पाउने तौरतरिका खोजिरहेका हुन्छन् ।

धुमपानले फोक्सोलाई असर गर्छ । फोक्सोलाई असर गरेपछि भित्री अंगहरुमा त्यसको दुष्प्रभाव पर्छ । यसले दमको रोग लाग्छ, क्यान्सर लाग्छ ।

तर, धुमपानबाट हुने यी कुराहरु जति खतरनाक छ, उत्तिनै हाम्रो आनीबानी पनि । कतिपय आनीबानी, जो हामीलाई सामान्य लाग्छ, त्यो स्वास्थ्यका लागि अति हानिकारक हुनसक्छ । विभिन्न अध्ययनहरुबाट यो पुष्टि भएको छ कि, हाम्रा कतिपय आनीबानी स्वास्थ्यका लागि प्रतिकुल सावित हुन्छ ।

लामो अवधी एकै स्थानमा बस्नु

बस्नु स्वास्थ्यको लागि राम्रो हो । तर धेरै बेर बस्नु स्वाथ्यका लागि निकै घातक हो ।

अमेरिकास्थित एरिजोना स्टेट विशवविद्यालयका ओविसिटी इनिसिएटीभ डा. जेम्स लिभाइनका अनुसार लामो अवधीसम्म एकै ठाँउमा बस्नाले शरीरमा २४ विभिन्न प्रकारका गम्भीर समस्या निम्तने गर्दछ ।

लामो अवधीसम्म एकै ठाउमा बसिरहनाले खाएको खाना शक्तिमा परिणत नहुने, नपच्ने, मोटोपना हुने, मुटु रोग, मधुमेह, बाथरोग लगायत अल्पायुमै मत्यु हुने लगायतको समस्या निम्तन्छ ।

त्यस्तै, नेशनल कैन्सर इन्ष्टिच्यूटले सन् २०१४ मा प्रकाशित गरेको एक शोधका अनुसार लामो समयसम्म एकै ठाउँमा बस्नाले स्वास प्रस्वास तथा आन्द्राको क्यान्सर हुने सम्भावना बढी रहन्छ । ्

एक्लोपना

एक्लोपनाले विश्वमा माहामारीको रुप लिदैछ । एक्लोपनाको हुनुको खासै कारण छैन। यो मनोविज्ञानसित सम्बन्धित छ । एक्लोपना महसुस भएमा मानिसले एक्लो महसुस गर्ने, घर परिवारबाट टाढा हुने, एक्लै बस्न रुचाउने गर्दछ ।

एक्लोपना भएमा मानिसलाई आत्महत्याको समेत विचार आउने गर्छ । एक्लोपनाकै कराण स्वास्थ्यमा समत नकारात्मक असर पर्छ , जुन १५ वटा चुरोट सेवन गर्नु जत्तिकै घातक छ ।

गलत खानपान

पछिल्लो समय मानिसहरु चिनीयुक्त पेय पदार्थ, जंकफुड लगायतका खानेकुरा प्रति बढी आर्कषित हुँदै गएका छन् । जबकी जंकफुड, चिनीयुक्त पेय पदार्थ तथा स्याचुरेटेड फैटीयुक्त खानेकुराको अधिक सेवन मदिरा, लागू औषध तथा सुर्तीजन्य पदार्थको सेवन भन्दा घातक छ । यसले तपाईको स्वास्थ्यमा प्रतिकुल असर मात्र दिँदैन, दीर्घकालीन रोग समेत निम्त्याउँछ ।

अनिद्रा

निद्रा स्वास्थ्यका लागि जरुरी छ । दैनिक आठ घण्टाको निद्राले शरीरलाई आराम प्रदान गर्नुका साथै स्फुर्ती बढाउँछ । तर निद्राको कमी वा अनिद्रा भएमा त्यसले स्वास्थ्यसित सम्बिन्धत विभिन्न समस्याहरु निम्त्याउने गछृ ।
त्यसमध्य हृदयाघात तथा स्ट्रोक पनि एक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

वायु प्रदुषण

वायु प्रदुषण विश्वका लागि चुनौती बन्दै गएको छ । वायु प्रदुषणकै कारण मानिसहरु विभिन्न प्रकारका नसर्ने रोगका शिकार हुदैछन् । वायु प्रदुषणकै कारण मानिसमा स्ट्रोक, हृदयाघात, फोक्सोको क्यान्सर, स्वासप्रस्वास सम्बन्धी रोगको समस्या बढ्दैछ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१२ को एक तथ्यांक अनुसार विश्वमा करिब ३७ लाख मानिसको मृत्यु वायु प्रदुषणका कारण हुने गर्छ ।

त्यस्तै, सन् २०१५ मा विश्वमा हुने मृत्युमध्ये प्रत्येक छ जनामा एक मृत्यु प्रदुषण सम्बन्धि रोगका कारण हुने गरेको पाइएको छ । यो तथ्ंयाक भोकमरी, प्रदुषण तथा प्राकृतिक प्रकोपबाट हुने मृत्युको तुलनामा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment