+
+
Shares

ईश्वर पोखरेललाई जिताउन स्थानीय तहका जनप्रतिनिधिको भेला

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते १३:०७

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ अन्तरगत पर्ने स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले एमाले महासचिव ईश्वर पोखरेललाई जिताउने अभियान थालेका छन् ।

यस क्षेत्रमा पर्ने बुढानिलकण्ठ र टोखा नगरपालिका एमालेले जितेको छ भने काठमाडौं महानगरपालिकाका ४ वटामध्ये ३ वडा एमालेले जितेको छ ।

बिहीबार ५ नम्बर क्षेत्रबाट निर्वाचित एमाले निकट जनप्रतिनिधिहरुको भेलाले केन्द्रमा ईश्वर पोखरेलले जितेमात्र स्थानीय तहको विकास निर्माणमा समन्वय र सहयोग हुने भन्दै पोखरेल जिताउन लाग्ने निर्णय गरेको हो ।

भेलामा काठमाडौं क्षेत्र नं. ५ अन्तर्गत पर्ने टोखा र बुढानिलकण्ठका मेयर र उपमेयर तथा काठमाडौं महानगर अन्तर्गतका ३ ओटा वडाका अध्यक्ष सहितका विजयी स्थानीय जनप्रतिनिधी तथा निर्वाचनमा उपविजेता भएकाहरु सहभागी थिए ।

सो क्षेत्रभित्र महानगर र दुई नगरपालिकाभित्रका १५ वडा मध्ये ९ वटामा गत स्थानीय निर्वाचनमा एमालेले विजय हाँसिल गरेको थियो ।

एमालेका तर्फबाट ४७ जना जनप्रतिनिधि यस क्षेत्रबाट निर्वाचित भएका छन् । भेलामा उपविजेतासहित ६९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले स्थानीय तहमा कतिपय ठाउँमा निर्वाचनपछि मात्रै बजेट पारित गर्ने दिने योजना अन्तर्गत व्यवधान खडा गरिएको बताउँदैं स्थानीय तहमा काम गर्न सजिलोका लागि एमाले महासचिवको पक्षमा लाग्न आग्रह गरे ।

स्थानीय निर्वाचनमा एमालेबाट महानगरभित्रका वडा नं. २ बाट राजेन्द्र श्रेष्ठ, ३ बाट दीपक केसी र ४ बाट मोहन विष्ट निर्वाचित थिए ।

त्यस्तै, वुढानिलकण्ठ नगरपालिकाबाट वडा नं. ३ बाट बालकृष्ण श्रेष्ठ, ५ बाट बिजय तामाङ र ७ बाट बसनारायण श्रेष्ठ विजयी भएका थिए ।

टोखा ४ बाट धर्मेन्द्र श्रेष्ठ, ५ बाट जगन्नाथ ढकाल र ७ बाट नरोत्तम राना विजयी भएकामा सबै सहभागी थिए ।

१० हजार मतअन्तर बनाउने दावी

केही प्राविधिक विषय मिलाउन नसक्दा यसअघि थोरै मत अन्तरले पोखरेल पराजित भएको भन्दै यसपटक मतान्तर बढाउने दावी वामपन्थी गठबन्धनको छ ।

स्थानीय तहको मत संख्या नियाल्दा एमालेले १७ हजार ४ सय ६९ मत पाएको छ भने काँग्रेसले १५ हजार ४ सय ६१ मत पाएको छ ।

माओवादी केन्द्रले उक्त चुनावमा पाएको ३ हजार २ सय ८४ मत जोड्दा ५ हजार २ सय ९२ मतको अन्तरले बाम गठवन्धन अगाडि देखिन्छ ।

पोखरेलको निर्वाचन परिचालन कमिटी संयोजक सूर्य थापाका अनुसार यसपटक १० हजार मतान्तरले जित्ने गरी तयारी भइरहेको छ ।

संयोजक थापाका अनुसार यसबीचमा स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. ३ बाट राप्रपाबाट उम्मेदवार भैसकेका काठमाडौं कृष्ण पौडेल र वुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बाट निर्वाचित बुद्धि श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?