७ मंसिर, नेपालगञ्ज । बाँके–२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका सबैजसोका साझा एजेन्डा हो, विकास र समृद्धि ।
बाँके–२ कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र थियो । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका ओमप्रकाश आजाद उम्मेदवार बनेका छन् ।
एमाले र माओवादी केन्द्रका तर्फबाट स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्र सूर्य चिन्ह लिएर चुनावी मैदानमा छन् ।
यस्तै, संघीय समाजवादी फोरमबाट इस्तियाक राइन, राजपाबाट विजय गुप्ता र राप्रपा राष्ट्रवादीबाट तेजनारायण कँडेल मैदानमा छन् ।
वाम गठबन्धनका मिश्रले भने, ‘स्थायित्व र विकास नै मेरो मुख्य एजेन्डा हो ।’
संघीय समाजवादीका राइनले हरेक वर्ग र समुदायलाई प्रविधिको पहुँचमा पुर्याउनु आफ्नो प्राथमिक एजेन्डा भएको बताए ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आजादले मुख्य एजेन्डाका रुपमा विकास र संविधानको रक्षालाई अगाडि सारेका छन् ।
संघीय समाजवादी र र राजपा गठबन्धनका उम्मेदवार गुप्ताले विगतमा नेपालगञ्ज क्षेत्रमा आफूले गरेको विकास नै आफ्नो जित्ने आधार भएको बताए ।
यसपटक पनि मतदाताको विश्वास पाए विकास र समृद्धि भित्र्याउन कुनै कसर बाँकी नछाड्ने बताए ।
राप्रपा (राष्ट्रवादी)का उम्मेदवार कँडेलले पनि विकासलाई नै चुनावी एजेन्डा बनाएका छन् ।
प्रतिक्रिया 4