Comments Add Comment

वैशाख १४ मा यसकारण केकीलाई सजिलो छैन


नायिका केकी अधिकारी पहिलो पटक चलचित्र निर्माणमा जुटेकी छिन् । उनले, निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को हाल धमाधम छायांकन भैरहेको छ । चलचित्रको छायांकन कोहलपुरमा भैरहँदा नायिका केकीले वैशाख १४ लाई प्रदर्शन मिति तोकेकी थिइन् । केकीले, आफ्नो ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ गतेदेखि कुद्ने भन्दै फेसबुकमा स्टाटस लेखिन् ।

तर, अब केकीलाई उनको एक्सप्रेस कुँदाउन त्यती सजिलो नहुने देखिएको छ । वैशाख १४ गते चलचित्र ‘लिलिबिली’ पनि आउने पक्का जस्तै छ । निर्माता गोविन्द शाहीले भने-‘हामीले नयाँ बर्षमा चलचित्र रिलिज गर्ने तयारी गरेका छौ ।

तर, यदि प्राविधिक कारणले चलचित्रको काम सकिएन भने वैशाख १४ गते रिलिज गर्छौ ।’ यो मितिमा २ दिन सार्वजनिक बिदा परेकाले पनि चलचित्रको भिडन्त हुने छनक देखिएको हो ।

मिलन चाम्सले निर्देशन गरिरहेको चलचित्रमा प्रदिप खड्का मुख्य भूमिकामा छन् । यहि, मितिमा चलचित्र ‘तिमी सँग’ पनि रिलिज हुने चर्चा छ । साम्राज्ञी राज्यलक्ष्ममी शाह चलचित्रकी मुख्य कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment