Comments Add Comment

डडेल्धुरामा खगराज भट्ट र गुल्मी-१ मा प्रदीपलाई जनमोर्चाको समर्थन

७ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले डडेल्धुरा र गुल्मीमा एमाले-माओवादीका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपील गरेको छ ।

डडेल्धुरामा  वाम गठबन्धनका तर्फबाट उम्मेदावारी दिएका माअोवादी केन्द्रका खगराज भट्टलाई मतदान गर्न जनमोर्चाले कार्यकर्तालाई अपील गरेको छ ।

भट्टले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै छन् । भट्ट यस अघि पहिलो र दोस्रो संविधानसभा चुनावमा पनि शेरबहादुर देउवासँगै चुनाव लडेका थिए ।

यस्तै जनमोर्चाले गुल्मी १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एमाले सचिव प्रदीप ज्ञवालीलाई भोट हाल्न अपील गरेको छ ।

डडेल्धुरा र गुल्मी १ मा प्रतिनिधिसभा सदस्यका आफ्ना उम्मेदवारहरु फिर्ता लिइसकेको भन्दै जनमोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको हो ।

बाँकी गुल्मी २ र अन्य प्रदेशसभाका उम्मेदवार र समानुपालितकका लागि भने आफ्नै पाटीको उम्मेदवारका लागि मतदान गर्न जनमोर्चाले कार्यकर्तालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment