+
+
Shares

कानबाट किन आउँछ पिप र रगत ? यस्तो छ समाधान

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते १५:३५

यदाकदा कानबाट कानेगुजी निस्कन्छ, जो सामान्य हो । यसले कानलाई सुरक्षित राख्न सहयोग गर्छ । यसबाट कानभित्र धूलो, ब्याक्टेरियाले आक्रमण गर्न सक्दैनन् ।

तर, यदि कानबाट रगत वा पिप निस्कियो भने सतर्क हुनुपर्छ । यो इन्फेक्सन वा कानमा चोट लागेको लक्षण हुन सक्छ, जसको चाँडोभन्दा चाँडो उपचार गराउनु आवश्यक हुन्छ । कानबाट कुनै प्रकारको पदार्थ निस्कनु वा बग्नुलाई अंग्रेजीमा ‘इयर डिस्चार्ज’ र मेडिकल भाषामा ‘ओटोरिया’ भनिन्छ ।

कानबाट पानी वा रगत आउने कारण

सामान्यतया कानबाट पानी निस्कनु एउटा प्राकृतिक प्रक्रिया मानिन्छ । यसको मुख्य कारण हो तपाईंको कानबाट मैलो बाहिर निस्किनु । यसका साथै, यदि कानबाट रगत वा पिप निस्कियो भने त्यसका निम्नलिखित कारण हुन सक्छन् ।

कानमा संक्रमण

कानमा ब्याक्टेरिया वा भाइरसको संक्रमण हुन सक्छ जसका फलस्वरुप कानबाट पानी आउने, चिलाउने, कान सुन्निने वा रगत तथा पिप आउने लक्षण हुन सक्छन् । यसो भएमा तुरुन्तै डाक्टरकहाँ जानु आवश्यक छ । संक्रमण बढ्यो भने सुन्ने क्षमता कमजोर हुन सक्छ ।

कानमा चोट लाग्दा

कान सफा गरिरहँदा, हवाईजहाजमा यात्रा गर्दा वा पानीको गहिराईसम्म डुबुल्की मार्दा कानमा चोट लाग्न सक्छ र कानको पर्दामा प्वाल पर्न सक्छ । यसको कारणले कानको भित्री भागमा संक्रमण हुँदा कानबाट तरल पदार्थ बग्छ ।

तरल पदार्थ किन निस्किन्छ ?

ब्याक्टेरिया वा फंगसको संक्रमणले कानमा इन्फेक्सन हुन्छ जसको फलस्वरुप कानबाट तरल पदार्थ निस्किन थाल्छ । यस्तो अधिकांस ती व्यक्तिहरुलाई हुन्छ जो पानीमा धेरै समय बिताउँछन् । तीखो वस्तुले आफ्नो कान सफा गर्दै भित्र घाउ बनाएमा पनि यस्तो हुन्छ । घाउ भयो भने सजिलै इन्फेक्सन हुन्छ । यसका अलावा खप्परमा चोट लाग्दा पनि कानबाट तरल पदार्थ निस्किन्छ ।

डाक्टरकहाँ कहिले जाने ?

यदि तपाईंको कानबाट पानी निस्किरहेको छ तर चिलाई, दुखाई वा सुन्निने जस्ता लक्षण छैनन् भने दौडेर डाक्टरकहाँ गइहाल्नु पर्दैन । तर, यदि कानबाट पहेँलो पिप वा रगत बगिरहेको छ भने तपाईंले तुरुन्तै नाक, कान, घाँटीको डाक्टरलाई भेट्नुपर्छ ।

यसका अलावा कानमा तीव्र दुखाई, ज्वरो, सुन्निने वा सुनाईमा समस्या जस्ता लक्षण छन् भने ढिला नगरी डाक्टरकहाँ पुगेर उपचार सुरु गरिहाल्नुपर्छ ।

कान बग्ने समस्याको समाधान

कानबाट तरल पदार्थ निस्कने समस्याको उपचार यो कुरामा निर्भर हुन्छ कि यस पछाडिको कारण के हो । इन्फेक्सन, दुखाई र सुन्निने जस्ता लक्षण हुँदा डाक्टरले तपाईंलाई इयर ड्रप्स, पेन किलर वा एन्टिबायोटिक्स दिन सक्छन् । यसै प्रकारले यदि साना बच्चाहरुलाई ज्वरो वा दुई छ भने डाक्टरले उसका लागि इयर ड्रप्स लेख्न सक्छन् ।

यदि कानको पर्दा फुटेका कारण इन्फेक्सन भएको छ भने डाक्टरले तपाईंलाई औषधि लेख्न सक्छन् जसले कानको प्वाल चाँडै भरिन्छ । यदि प्वाल भरिएन भने डाक्टरले सानो अपरेसन पनि गर्न सक्छन् ।

कानबाट पानी निस्कन कसरी रोकिन्छ ?

–     कसैको कानमा यदि इन्फेक्सन छ भने उबाट टाढा रहनु पर्छ ।

–     नहर वा पोखरीमा तैरिएपछि एन्टिबायोटिक इयर ड्रप्स हाल्ने गर्नुस ।

–     कुनै तिखो वा फोहोर वस्तुले कान सफा नगर्नुस ।

–      अत्यधिक हल्लाखल्ला वा पटका पडि्एको बेला इयर प्लग लगाउन नभूल्नुस ।

–     नाक सफा गरिरहँदा बढि जोड नलगाउनुस, यसले कानको पर्दामा असर गर्न सक्छ ।

–     कानमा बारम्बार औंला नछिराउनुस ।

कान बग्न रोक्ने केही घरेलु उपाय

कानमा दुखाई वा तरल पदार्थ निस्केको बेला स्टिम ट्रिटमेन्ट राम्रो मानिन्छ । साथै दुखेको कानमा तातो कपडाले सेक्दा पनि फाइदा पुग्छ ।

कानमा इन्फेक्सन हुँदा दुवै कानमा ३-४ थोपा लसुनको रस हाल्नाले चाँडै आराम मिल्छ ।

कानमा दुखाई वा इन्फेक्सन हुँदा २ थोपा नीमको तेल दिनमा २ पटक हाल्दा छिट्टै नै विसेक हुन्छ ।

कानमा तुलसीको पत्ताको रस हाल्दा पनि इन्फेक्सन भाग्छ ।

कानबाट पिप आइरहेको छ भने कानमा २-३ थोपा प्याजको रस हाल्नाले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?