Comments Add Comment

यी हुन् दुनियाका सबैभन्दा सुरक्षित र असुरक्षित देशहरु

विश्वको सबैभन्दा ठूलो ट्राभल सेक्योरिटी सेवा कम्पनी इन्टरनेसनल एसओएस तथा कन्ट्रोल रिस्क नामक कम्पनीले घुम्नका विश्वमा पर्यटकका लागि सबैभन्दा सुरक्षित तथा असुरक्षित रहेका देशहरुको सूचि सार्वजनिक गरेको छ ।

विश्व स्वास्थ्य संगठनले संकलन गरेका तथ्यहरुको विश्लेषण गरी कम्पनीले पर्यटकका लागि विश्वका सबैभन्दा असुरक्षित देशहरुको सूचि तयार गरेको हो ।

सडक सुरक्षा, जीउधनको सुरक्षा तथा स्वास्थ्योपचारको व्यवस्था लगायतलाई आधार मानेर छुट्टाछुट्टै रुपमा विश्वको नक्सा तयार पारिएको छ ।

जस अनुसार नोर्डिक तथा स्कान्डिनिभयन देशहरु नर्वे, फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड जस्ता देशहरु सबैभन्दा सुरक्षित देखिएका छन् । ती देशहरुमा अपराध तथा राजनीतिक अस्थिरताको तह निकै न्यून रहनुका साथै आकस्मिक चिकित्सा सेवा निकै अब्बल दर्जाको रहेको छ ।

त्यस्तै स्विजरल्याण्ड, स्लोभेनिया र मोनाको पनि घुम्नका लागि सुरक्षित देशहरुमा परेका छन् ।

अमेरिका र क्यानडा जस्ता देशहरु भने घुम्नका लागि न्यून जोखिम भएका देशहरुमा परेका छन् ।

अपि|mकी देशहरु तथा मध्यपूर्वका केही देशहरु विश्वमा सबैभन्दा असुरक्षित देशको रुपमा परेका छन् ।

स्वास्थ्यको हिसाबले अपि|mकाका केही देशहरु, सिरिया, इराक, अफगानिस्तान जस्ता देशहरु सबैभन्दा धेरै असुरक्षित रहेका छन् ।

जीउधनको सुरक्षाका हिसाबले सिरिया, माली, लिबिया, दक्षिणी सुडान, अफगानिस्तान, सोमालिाय तथा यमन सबैभन्दा धेरै खतरनाक रहेका छन् । साथै मेक्सिको, पाकिस्तान र भारतका केही हिस्साहरु समेत उच्च जोखिमयुक्त रहेका छन् ।

सडक सुरक्षाको हिसाबले ब्राजिल, बोलिभिया, साउदी अरेबिया, इरान तथा काजकिस्तानलाई सबैभन्दा असुरक्षित देश मानिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment