Comments Add Comment

मनाङलाई हराउँदै आर्मीले जित्यो सताक्षी गोल्डकप

७ मंसिर, झापा । झापाको दोस्रो सताक्षी गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिहीबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।

उपाधि जितेसँगै आर्मीले नगद ५ लाख, ट्रफी र प्रमाण–पत्र हात गरेको छ भने मनाङले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाण–पत्रमा चित्त बुझाउनु परेको छ ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्कीले १/१ गोल गरे ।

पहिलो हाफमै २–० को अन्तर भएपछि दोस्रो हाफमा मनाङले सुधारिएको खेल प्रदर्शन ग¥यो । दोस्रो हाफमा क्याप्टेन अनिल गुरुङले १ गोल फर्काए ।

प्रतियोगिताभर उत्कृष्ट खेलाडी मनाङका विशाल राई घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment