+
+
Shares

पुत्रशोकमा परेका प्रचण्ड आजदेखि चुनावी अभियानमा

शुक्रबार र शनिबारका सभालाई ओली र बादलले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ८ गते ८:००
फाइल तस्वीर

८ मंसिर, काठमाडौं । पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन् ।

छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्ड शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेकाे जानकारी उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले दिए ।

प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

तिमिल्सेनाका अनुसार, शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी अभियानका क्रममा प्रचण्डकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?