Comments Add Comment

कुशल र सन्ध्याको ‘ह्याप्पी न्यू इयर’को ट्रेलर रिलिज


कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका रहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’को ट्रेलर सार्वजनिक भएको छ । आर.के पौडेल र प्रोडक्ट्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा पटकथा, संवाद तथा निर्देशन देवकुमार श्रेष्ठको छ ।

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । अष्ट्रेलियाको रमणिय स्थानमा खिचिएको चलचित्रमा विनोद ढकाल, टंक वुढाथोकी र किरण माइकलको संगीत, कुशल थापाको कथा छ ।

रति थापा यसको प्रस्तुतकर्ता हुन् । चलचित्रका कलाकार कुशल थापाले एउटा उत्कृष्ट सिनेमा बनाएको बताए । यो चलचित्र पौष १४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment