८ मंसिर, काठमाडौं । धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट भएको छ ।
धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञात समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो ।
बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा मन्त्री थापा थिए ।
घटनामा कुनै क्षति भने नभएको घटनास्थलमा रहेका इन्स्पेक्टर आमोद खेरवारले अनलाइनखबरलाई जानकारी दिए ।