Comments Add Comment

अनुष्का भन्दा महंगी नयनतारा, जसको सुन्दरताले भुतुक्कै बनाइदिन्छ


दक्षिण भारतीय चलचित्र उद्योगमा नायक प्रभास र नायिका अनुष्का सेट्टी सबै भन्दा ठूला कलाकार मानिन्छन् । प्रभास र अनुश्काले अभिनय गरेको चलचित्र ‘बाहुवली’ले अहिलेसम्मकै सबै भन्दा धेरै ब्यापार गरेको थियो ।

तर, दक्षिण भारतमा केही नायिका छन् जो अनुश्का भन्दा चर्चित छन् र उनले भन्दा पारिश्रमिक पनि धेरै लिन्छन् । यही भीडमा सवैभन्दा अगाडि आउने नायिका हुन् नयनतारा । नयनतारा दक्षिण भारतको सबैभन्दा चर्चित नायिका हुन् । तमिल, तेलुगु, मलयालम भाषाका चलचित्रमा उनले काम गरेकी छिन् ।

नयनतारा त्यस्ती नायिका हुन् जसले दक्षिण भारतका सबै ठूला स्टारहरुसँग काम गरेकी छिन् । उनको सुन्दरताको चर्चा यस्तो छ । कुनै पनि निर्देशकले अभिनय गराउनु अघि उनको स्त्रिmन टेष्टको आवश्यकता नै ठान्दैनन् । उनी एउटा चलचित्रमा काम गरेवापत ५ देखि ६ करोड पारिश्रमिक लिन्छिन् । उनीसँग ७० करोड भन्दा बढीको सम्पत्ति छ । उनी अहिले ७६ लाख पर्ने बीएमडब्लु एक्स-५ गाडी चढ्छिन् ।

कुनै समय नयनताराको नाम कोरियोग्राफर एवं निर्देशक प्रभु देवासँग जोडिएको थियो । उनीहरु लुकिछिपी बस्दै आएका थिए । प्रभुदेवाको श्रीमतिले अदालतमा उजुरी दिएकी थिइन् । नयनतारा बोल्ड छविका कारण पनि चर्चित छिन् ।

बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’मा दीपिका पादुकोणको स्थानमा उनलाई अभिनयको लागि प्रस्ताव गरिएको थियो । तर, ब्यस्तताको कारण साहरुखसँग काम नगर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment