Comments Add Comment

विनय र श्रृष्टीको ‘रोमियो एन्ड मुना’को रिलिज डेट फाइनल


वितरकसँगको संझौतामा चलचित्र ‘रोमियो एन्ड मुना’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । अब, यो चलचित्र फागुण ११ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

निर्माता प्रसन्न गोपालीले भने-‘केही दिनमा नै हामीले चलचित्रको डबिङ र कलर करेक्शन सुरु गर्दैछौ ।’ चलचित्रको छायांकन धरान र काठमाण्डौमा भएको हो । यो चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् ।

चलचित्रको मुख्य भूमिकामा विनय श्रेष्ठ र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । निर्देशकले भने-‘शहरका यूवा र ग्रामिण भेगका यूवतीविचको प्रेम कथालाई यो चलचित्रमा उठान गरिएको छ ।’

दिपाङ्कर सिक्देर र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोशिश क्षेत्री र गौरव दवाङकरको संगीत छ । चलचित्रमा प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनयको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment