Comments Add Comment

सिरहामा वाम गठबन्धनको चुनावी सभामा बम बिस्फोट, गोइतले लिए जिम्मेवारी

८ मंसिर, सिरहा । एमाले–माओवादीको संयुक्त चुनावी सभामा बम बिस्फोट भएको छ ।

एमाले-माओवादीको वाम गठबन्धनका उम्मेदवार एवम् पूर्वमन्त्री अजय शंकर नायकको प्रचारप्रसारका लागि गरिएको सभामा कुकर बम बिस्फोट भएको हो ।

सिरहाको मिर्चैयास्थित नायकको चुनाव प्रचारप्रसार गर्ने स्थानमा बम बिस्फोट भए पनि मानवीय क्षती भने भएको छैन् ।

बिस्फोटको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाले लिएको छ । जयकृष्ण गोइत नेतृत्वको मोर्चाले निर्वाचनको विरोधमा बम विस्फोट गराएको जनाएको छ । उक्त स्थानबाट गोइतको पर्चासमेत फेला परेको छ ।

मधेशको विरुद्ध निर्वाचन भइरहेको उल्लेख गर्दै गोइतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही २१ मंसीर २०७४ को स्वतन्त्र तराईमा प्रहरी, सशस्त्र प्रहरी र सेनाको बन्दूकको बलमा अवैध नेपाली शासकले प्रतिनिधिसभा र प्रान्तीय सभाको निर्वाचन गराएर नेपाली शासनलाई निरन्तरता दिन खोजेको हो । यस्तो स्थितिमा नेपाली निर्वाचनमा सहभागीहरुको सशस्त्र प्रतिरोध गर्नु बाहेक हम्रो निम्ति अर्को विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment