Comments Add Comment

शाहरुखका छोरादेखि श्रीदेवीकी छोरीसम्म कहाँ, के गर्दैछन् ?

बलिउड स्टार किड्स अब सिल्भर स्क्रिनमा प्रवेश गर्दैछन् । यसको सिलसिला सुरु गरेकी छिन्, सारा अली खानले । सारा, अभिनेता सैफ अली खानकी छोरी । साराले शुसान्त राजपुतसँग स्त्रिmन शेयर गर्दैछिन् । साराले कुन फिल्मबाट बलिउड डेब्यु गर्छ भन्ने कुराले लामो समय चर्चा पायो । कतिपय फिल्ममा उनलाई नलिइएको पनि खबर छायो ।

अन्ततः उनले फिल्म ‘केदारनाथ’ मार्फत आफ्ना पूख्र्यौली बाटो समाइन् ।

तर, बलिउडमा साराभन्दा अघि लाइमलाइटमा थिइन्, जान्ह्वी कपुर । आफ्नो जमनाकी सर्वाधिक हिट अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वीलाई मिडियाले पनि पच्छ्याइरह्यो । उनी कुन पार्टीमा गइन्, के लगाएकी थिइन्, कति समय विताइन् भन्ने प्रसंग बिकाउ मसला बन्यो । यसले जान्ह्वीप्रतिको चासो र अपेक्षा स्वभाविक रुपमा बढाइदियो ।

यसैबीच जान्ह्वीले बलिउड डेब्यु गर्ने कुरामा अनेकौ अडकलबाजी भए । आखिरमा यी अड्कलबाजी मत्थर गराउँदै उनले फिल्ममा इन्ट्री गरिन् । फिल्म थियो, ‘धडक ।’ रमाइलो त के भने, यसमा उनीसँग स्क्रिन शेयर गर्दैछन् इशान खट्टरले । इशान नाताले अभिनेता शाहिद कपुरका भाई हुन् । बलिउड प्रवेशअघि स्टार किड्ससँगको गहिरो हिमचिमको कारण इशान चर्चामा थिए । उनी लभर ब्वाइको रुपमा समेत चिनिन थालेका थिए । उनै इशान र जान्ह्वीलाई लिएर निर्देशक करण जौहरले धडक बनाइरहेका छन् ।

चंकी पान्डेकी छोरीसँग टाइगर श्राफ

यसैबीच करणले ‘स्टुडेन्ट अफ द इयर-२’ बनाउने चर्चा चुलिएको छ । हुन त यो फिल्म बन्नेबारे यसअघि पनि खबर आएकै थियो । के भनिन्छ भने, यसमा उनले अनन्या पान्डेलाई चान्स दिदैछन् । अनन्या, अभिनेता चंकी पान्डेकी छोरी हुन् । अन्यन्यासँग टाइगर श्राफले स्क्रिन साझेदार गर्ने भएका छन् ।

करणले स्टुडेन्ट अफ द इयरको सिक्वेलमा चंकी पान्डेकी छोरीलाई लिने पक्कापक्की भएको छ । अहिले उनलाई करणले ग्रमिङ टिप्स दिइरहेका छन् । साथै, फिल्मका लागि स्वंमले सक्दो मिहेनत गर्नुपर्ने अन्ययालाई करणको निर्देशन छ । खासमा अनन्या अहिले शोसल मिडियामा अचानक चर्चित हुनुको पछाडि पनि करण जौहरले उनलाई दिएको टिप्सकै कारण भनिन्छ ।

के गर्दैछिन् काजोलकी छोरी ?

बलिउड अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी अहिले तरुनी भइसकिन् । कति बलिउड इभेन्टमा उनीहरुले छोरी न्यासालाई पनि डोहोर्‍याउने गरेका छन् । न्यासा केही समयसम्म त्यती आकर्षक देखिदैनथे । अहिले भने उनी निकै हट देखिन थालेको छ ।

 

शाखरुखको छोराको खोजी

शाहरुख खानका जेठो छोरा आर्यन चर्चित स्टार किड्समा पर्छन् । उनलाई अक्सर मिडियाले पच्छ्याइरहेको हुन्छ । उनी नव्यासँग एउटै स्कुलमा पढ्थे, लन्डनमा । स्कुल तह पार गरिसकेका उनलाई यसअघि मिस्ट्री गर्लका साथ पनि देखियो ।

कहाँ छिन् अभिताभकी नातिनी ?

केही समयअघि नव्या नवेली र आर्यन खानबीच निकै गहिरो दोस्ती थियो । नव्य अमिताभ बच्चनकी छोरीकी छोरी अर्थात नातिनी हुन् । आर्यन शाहरुखका छोरा । दुबै एउटै स्कुलमा अध्ययन गर्ने भएकाले पनि नजिकिएका थिए । उनीहरु कहिले एयरपोर्टमा त कहिले पार्टीमा एकसाथ देखिन्थे । केहि समयअघि उनीहरुकै भनेर अश्लिल भिडियो समेत बाहिर आयो । यद्यपी त्यो वास्तवमा उनीहरुको भने थिएन ।

नव्य सोशल नेटवर्क साइट्समा निकै सक्रिय छिन् । उनले पनि बलिउडमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

मिस्ट्री गर्लसँग अक्षय कुमारका छोरा ?

अक्षय कुमारको छोरा आरव पनि अब हुर्किसकेका छन् । यदाकदा उनी मिस्ट्री गर्लका साथ फेला पर्ने गरेका छन् । यद्यपी सकेसम्म मिडियाबाट उनी भाग्ने कोशिस गर्छन् ।

आफ्नो जमानाका सुपरस्टार राजेश खन्नाका नाती, ट्वींकल खन्नाका छोरा आरव अहिले १४ बर्षका भए । आरव मार्सल आर्टमा रुची राख्छन्, जसरी अक्षय पनि ।

करणः स्टार किड्सका गडफादर

त्यसो त अधिकांश स्टार किड्सलाई डेब्यु गराउनेमा करणकै नाम आउँछ । उनलाई स्टार किड्का लागि गडफादर नै मान्ने गरिएको छ ।

करणले २०१४ मा आफ्नो फिल्म ‘स्टुडेन्ट अफ द इयर’मा निर्देशक/निर्माता डेभिड धवनका छोरा वरुण धवन, महेश भट्टकी छोरी आलिया भट्ट लगायतलाई डेब्यु गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment