Comments Add Comment

आम चुनावः लोकतन्त्र भर्सेस लोकतन्त्र !

नेताहरुले आफू हारेर भए पनि देशलाई जिताउन्

दोस्रो जनआन्दोलन सफल भएर अन्तरिम संविधान (२०६३) बनेयताकै अतिशय लामो संक्रमणकाललाई व्यवहारिक एवं विधिवतरुपबाट अन्त्य गर्ने महत्वपूर्ण आम चुनावको पहिलो खुट्किलोमा मुलुकले आइतबारदेखि पाइला राख्दैछ ।

मंसिर २१ गते दोस्रो चरणको खुट्किलो पार गरेपछि आगामी पाँच वर्षभित्र मुलुकमा राजनीतिक स्थिरता कायम हुने र देशले ढुक्कसँग सास फेर्न पाउने आम नेपाली जनतामा आशा र विश्वास पलाएको छ ।

चुनाव अर्थात, जनताको ईच्छा

संविधानसभाबाट दुई वर्ष पहिले नेपाली जनताले लोकतान्त्रिक अधिकारसहितको समाजवादोन्मूख प्रगतिशील संविधान पाएका छन् । अब मुलुकलाई यही लोकतान्त्रिक संविधानको जगमा उभिएको राजनीतिक स्थायित्व र समृद्धि चाहिएको छ ।

नयाँ संविधान बनेपछिको पहिलो आम निर्वाचनले विगतको १० वर्ष लामो पट्यारलाग्दो राजनीतिक संक्रमणकाललाई सधैंका लागि पटाक्षेप गर्नेछ । अब फेरि पनि राजनीतिक किचलो, खिचातानी र गैरजिम्मेवारीपन नेपाली जनतालाई अस्वीकार्यमात्रै होइन कि असैह्य नै हुनेछ

विश्व रंगमञ्चमा इतिहासकै सबैभन्दा कमजोर र निरीहजस्तो देखिएको यो देशको शीर उठाउनुपर्ने दायित्व अब निर्वाचित हुने राजनीतिक नेतृत्वको काँधमा नेपाली जनताले सुम्पन लागेका छन् । मतदाताहरु आगामी ५ वर्षमा विश्व-रंगमञ्चमा गर्व गर्न लायकको स्वाभिमानी र समृद्ध नेपाल चाहन्छन् अहिले निर्वाचित हुने नेताहरुबाट ।

नयाँ संविधान बनेपछिको पहिलो आम निर्वाचनले विगतको १० वर्ष लामो पट्यारलाग्दो राजनीतिक संक्रमणकाललाई सधैंका लागि पटाक्षेप गर्नेछ । अब फेरि पनि राजनीतिक किचलो, खिचातानी र गैरजिम्मेवारीपन नेपाली जनतालाई अस्वीकार्यमात्रै होइन कि असैह्य नै हुनेछ ।

यसर्थ जनताले अबको पाँच वर्षका लागि मिलेर काम गर्न र मुलुकको समृद्धिमा अर्जुनदृष्टि लगाउनका लागि जनादेश दिँदैछन् भन्ने ‘जनताको ईच्छा’ लाई दलका नेताहरुले गम्भीरतापूर्वक बुझ्न जरुरी छ । अब फेरि पनि देश र जनताको हितमाथि बेवास्ता गर्ने र राजनीतिलाई कमाई खाने भाँडो बनाउने पुरानै प्रवृत्तिको अन्त्य भएन भने अहिले चुनाव जित्ने दल र तिनका उम्मेदवारहरुले अबको पाँच वर्षपछि पश्चाताप गर्ने समयसमेत नपाउन सक्छन् । देश र जनतासँग अलिकति पनि ठट्टा गर्ने छुट अब नेताहरुलाई दिन सकिँदैन ।

चुनाव ‘लोकतन्त्र भर्सेस लोकतन्त्र’ हुनुपर्छ

चुनावी प्रचार प्रचारका क्रममा राजनीतिक दलहरुले यो आम निर्वाचनलाई ‘लोकतन्त्र भर्सेस अधिनायकवाद’ वीचको जनमत संग्रह हो भन्न खोजेको जस्तो आभाष भइरहेको छ । के यो चुनाव लोकतन्त्र र अधिनायकवादवीचको जनमत संग्रह हो ? विल्कुल त्यस्तो होइन । किनभने तिनै राजनीतिक दलहरु अहिले निर्वाचनको मैदानमा छन्, जसले लोकतान्त्रिक गणतन्त्रका लागि लडे र लोकतान्त्रिक संविधानमा हस्ताक्षर गरेर यहाँसम्म आए ।

यो चुनावमा कांग्रेस, कम्युनिष्ट, एमाले, माओवादी, राप्रपा, मधेसवादी वा अरु कसैले जिते पनि नेपालीले नै जित्ने हो । संविधानले र देशले जित्ने हो । लोकतन्त्रले जित्ने हो

लोकतन्त्रका लागि लडेर यहाँसम्म आएका वामपन्थी, लोकतान्त्रिक वा दक्षिणपन्थी कुनै पनि दलले यो संविधानलाई भत्काउनका लागि हैन, रक्षा गर्न र बलियो बनाउनका लागि चुनावमा भाग लिएको हुनुपर्छ ।

हो, चुनावमा कुनै दलले हार्न सक्छ र कुनै दलले बहुमत ल्याउन सक्छ । कुनै ठूलो नेताले हार्न सक्छ र सानो नेताले जित्न सक्छ । तर, आफू र आफ्नो दलले हार्दैमा संविधान र लोकतन्त्र नै समाप्त हुन्छ भनेर आम निर्वाचनलाई विद्रूप बनाउने भाष्यकारहरुबाट यो देशलाई बचाउन जरुरी छ ।

यो चुनावमा कांग्रेस, कम्युनिष्ट, एमाले, माओवादी, राप्रपा, मधेसवादी वा अरु कसैले जिते पनि नेपालीले नै जित्ने हो । संविधानले र देशले जित्ने हो । लोकतन्त्रले जित्ने हो । न वामपन्थी, न दक्षिणपन्थी कुनै पनि कोणबाट संविधानलाई धरापमा पार्ने वा गिजोल्ने काम गरिनुहुँदैन । अब बन्ने सरकारको दायित्व भनेको संविधानलाई रक्षा, प्रयोग र संस्थागत गर्ने नै हो र हुनुपर्छ ।

संविधानले दिएको अधिकार कार्यान्वयनका लागि जनताले आफ्नो शासक आफैं छान्न लागिरहेको यो ऐतिहासिक निर्वाचन ‘लोकतन्त्र भर्सेस लोकतन्त्र’ कै लागि हो । जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई संश्लेषण गरिएको संविधान कसैले पनि मास्न सक्दैन र मास्ने दुस्साहस गरिनु पनि हुँदैन ।

नरम संविधान र व्यवस्थामाथिको प्रश्न

संविधान प्रगतिशील दस्तावेज हो, जड होइन । देशको आवश्यकतालाई संविधानमार्फत सम्वोधन गर्ने र आवश्यक पर्दा संशोधन र परिमार्जनसमेत गर्न सक्ने अठोट राजनीतिक नेतृत्वमा हुनु अन्यथा होइन । देशभन्दा व्यवस्था ठूलो हुन सक्दैन ।

हामीले के आत्मसात गर्न जरुरी छ भने नेपालको संविधान अत्यन्तै नरम संविधान हो । हाम्रो देशमा संसदीय व्यवस्थाको विकल्पमा कार्यकारी प्रमुखसहितको राष्ट्रपतीय प्रणाली चाहिन्छ भन्नेखालको राजनीतिक मान्यता बोक्ने जनमत पनि बलियो छ । भोलि जनताले त्यतातर्फ कोल्टे फर्कन चाहे भने सैद्धान्तिकरुपमा त्यसलाई लोकतन्त्रविरोधी हर्कत भन्न मिल्दैन ।
निश्चय नै लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । तर, लोकतन्त्रका मातहतमा रहेर व्यवस्थाको विकल्प खोज्न सकिन्छ । यो व्यवस्था उचित लागेन भने अर्को व्यवस्थामा जान सकिने बैधानिक बाटो नयाँ संविधानले हामीलाई दिएको छ ।

अब निर्वाचित हुने राजनीतिक नेतृत्वको काम यो व्यवस्थाको विकल्प खोज्ने होइन कि संविधानले प्रत्याभूत गरेका संयन्त्रहरुलाई क्रियाशील बनाउँदै संविधानको रक्षा र कार्यान्वयन गर्ने नै मुख्य हो । देशलाई बारम्बार प्रयोगशाला बनाइनु राम्रो होइन

तथापि, फेरि पनि अब निर्वाचित हुने राजनीतिक नेतृत्वको काम यो व्यवस्थाको विकल्प खोज्ने होइन, संविधानले प्रत्याभूत गरेका संयन्त्रहरुलाई क्रियाशील बनाउँदै संविधानको रक्षा र कार्यान्वयन गर्ने नै मुख्य हो । देशलाई बारम्बार प्रयोगशाला बनाइनु राम्रो होइन ।

संविधान बनेपछि निर्माण हुने पहिलो जननिर्वाचित सरकारको प्रमुख काम गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी राज्य संयन्त्रको विकल्प खोज्ने वा त्यसमाथि प्रश्न सिर्जना गर्ने होइन । अब बन्ने नयाँ संसद र नयाँ सरकारको काम त संविधानको मर्म र भावनालाई आत्मसाथ गर्ने अनि तिनको कार्यान्वयन गर्ने हो । संविधानका मूल्य मान्यताहरुलाई दायाँ र वायाँ दुबैतिरका अतिवादीबाट बचाउनु नयाँ राजनीतिक नेतृत्वको प्रमुख अभिभारा हो ।

चुनावपछिको जोखिम

यो आम चुनावमा सरकार र प्रमुख राजनीतिक दलहरुले अलिकति पनि चूक गरे भने मुलुकले दुःख पाउने खतरा छ । जस्तो कि यो निर्वाचनमा धाँधली र अविश्वासलाई कतै पनि प्रश्रय दिइनु लोकतन्त्रको अहितमा छ भन्ने कुरा सबैभन्दा पहिले सरकारले बुझ्नुपर्छ । र, सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले बुझ्नुपर्छ ।

यो चुनाव विश्वसनीय भएन, बुथ कब्जा गरियो, धाँधली भयो र कुनै एउटा पक्षले नतिजा नै नमान्ने र खारेज गर्नेसम्मको अवस्था आयो भने हाम्रो देश स्थायित्व र समृद्धितर्फ हैन, चुनावोत्तर द्वन्द्वमा फस्ने छ

चुनावको मुखमा सरकारले सिडियो र प्रहरीहरुको सुरुवा गरेको चर्चा चलिरहेको छ । र, निर्वाचन आयोगले पनि यसमा ध्यानाकर्षण गराइसकेको अवस्था छ । चुनावमा धाँधली हुन सक्ने भयबाट आम मतदाताहरु पूर्ण रुपमा मुक्त हुने र चुनावलाई उत्सवका रुपमा मनाउने वातावरण अझै बनिसकेको छैन, कतिपय जिल्लामा त्रासकै बादल मडारिइरहेको अवस्था छ ।
विशेष गरी दलहरुले लोकतन्त्रलाई बचाउने हो भने ‘जसरी पनि चुनाव जित्ने’ सोच्नुहुँदैन ।

चुनाव हो, प्रतिस्पर्धामा कांग्रेसले हार्न सक्छ, शेरबहादुर देउवा वा रामचन्द्र पौडेलहरुले हार्न सक्छन् । तर, आफूलाई जिताउनकै लागि लोकतन्त्रलाई हराउनुहुँदैन । निर्वाचनमा गइसकेपछि प्रचण्ड वा केपी ओलीहरुले पनि हार्न सक्छन्, तर कसैले पनि लोकतन्त्रलाई हार्न दिनुहुँदैन ।

पछिल्लो समयमा दलका जिम्मेवार नेताहरु जसरी पनि आफैंले जित्नुपर्ने र आफूले नजिते लोकतन्त्रले नै हार्ने भनिरहेका छन्, यस्तो चिन्तन लोकतन्त्रलाई बलियो बनाउने होइन कि कमजोर पार्ने सोचाइ हो । नेताहरुले यस्तो सोचाइ त्याग्न र लोकतान्त्रिक राजनीतिक संस्कार अवलम्वन गर्न जरुरी छ ।

यसपालिको चुनाव विश्वसनीय भयो र वामपन्थीहरुको बहुमतको सरकार बन्यो भने कांग्रेसले ५ वर्ष पर्खेर आफूलाई समीक्षा गर्दै फेरि जनताको विश्वास जित्न सक्ने ठाउँ रहन्छ । त्यसैगरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बुहमत ल्यायो भने वाम गठबन्धनले पाँच वर्ष पर्खेर अर्कोपटक जनताको विश्वास जित्ने ठाउँ रहन्छ ।

तर, यो चुनाव विश्वसनीय भएन, बुथ कब्जा गरियो, धाँधली भयो र कुनै एउटा पक्षले नतिजा नै नमान्ने र खारेज गर्नेसम्मको अवस्था आयो भने हाम्रो देश स्थायित्व र समृद्धितर्फ हैन, चुनावोत्तर द्वन्द्वमा फस्ने छ ।

कामना गरौं, दलका नेताहरुले त्यस्तो अदुरदर्शी एवं खतरनाक हर्कत कदापि नगरुन् । र, आफू हारेर भए पनि देशलाई जिताउन् । लोकतन्त्र र संविधानलाई जिताउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment